काठमाडौं- सरकारले एक रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा राख्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले नेपाल राष्ट्र बैंकलाई एक र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको हो।
सरकारले नयाँ सिक्का टकमरी गरी प्रचलनमा ल्यानका लागि स्वीकृति दिएको छ। लिपुलेक र लिम्पियाधुरा सहित जारी गरिएको नयाँ नक्सा उक्त सिक्कामा राखिने नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
सरकारको यो निर्णयसँगै नेपाल राष्ट्र बैंकले नयाँ सिक्काको प्रक्रिया अगाडि बढाउन सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।