• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कक्षा १२ को परीक्षा सञ्चालनबारे अन्योलमा सरकार, के भन्छन् सरोकारवाला?

64x64
प्रजु पन्त मंगलबार, भदौ ३०, २०७७  २०:५५
1140x725

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले भदौ २८ गते कक्षा १२ मा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको विवरण भरेर ७ दिन भित्र बोर्डको प्रदेश/शाखा कार्यलयहरुमा पठाउन सबै विद्यालयहरूलाई निर्देशन गर्‍यो। कक्षा १२ को परीक्षा स्थगित भएको पाँच महिना पुगेपछि बोर्डले विद्यार्थी कुन अवस्थामा छन् उनीहरु बसिरहेकै स्थानमा ११ र १२ पढाइ हुने विद्यालय कुन छ? भनी चासो व्यक्त गरेको हो। तर अहिलेसम्म कुन विधिबाट परीक्षा सञ्चालन गर्ने बोर्डले कुनै निर्णय भने हुन सकेको छैन।

बोर्ड अध्यक्ष चन्द्रमणि पौडेल परीक्षा संचालन गर्ने विषयमा कुनै योजना नबनाएको बताउँछन्। विद्यार्थीको अवस्थाबारे तथ्याङ्क संकलन गर्नको लागि सूचना जारी गरिएको उनको भनाइ छ। ‘कक्षा १२ का विद्यार्थी कुन अवस्थामा छन् सो जानकारीको लागि विद्यालयलाई फारम भरेर पठाउन निर्देशन दिएका छौँ,’ बोर्डका अध्यक्ष पौडेलले भने, ‘अहिलेसम्म कसरी परीक्षा गर्ने कुनै योजना बनाएका छैनौँ।’ 

अलमलमा सरकार
कोरोना महामारीका कारण चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि सञ्चालित भइरहेका परीक्षा र सञ्चालन गर्ने भनिएका सबै परीक्षा स्थगित भए। कक्षा १० का हकमा भने विद्यालयले नै गरेको मूल्यांकनलाई मान्यता दिने गरी बोर्डले नतिजा प्रमाणीकरण गरिसकेको छ। 

विद्यालय तहको अन्तिम परीक्षा भएकाले महत्त्वका साथ हेरिने १२ कक्षाको परीक्षा पनि स्थगित भए पनि यसलाई संचालन गर्न केकस्तो मोडालिटी अपनाउने भन्नेबारे अझै पनि सरकारले निर्णय गरेको छैन। कक्षा १२ को परीक्षा कसरी गर्ने कुनै योजना नबनाएको बताउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलकै भनाइबाट प्रष्ट हुन्छ। सरकार परीक्षा कुन मोडालिटीमा जाने के गर्ने अलमलमा परेको छ। सरकारले कक्षा १२ को परीक्षा कसरी गर्ने सरोकारवालासँग पनि कुनै छलफल गरेको छैन।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा सरकारले यसबारे आफूहरुलाई छलफलका लागि नबोलाएको बताए। ‘कक्षा १२ को परीक्षा कसरी गर्ने भनेर सल्लाह गर्ने भनेर सरकाले बोलाएको छैन,’ अध्यक्ष थापाले भने, ‘परीक्षा बोर्डले विद्यार्थीको विवरण मागेको छ केही निर्णय गर्ला कि!’

हिसानका महासचिव लोकबहादुर भण्डारी भने बोर्डले विद्यार्थीको विवरण माग्दैमा परीक्षाबारे टुंगो लाग्ला भन्नेमा विश्वस्त हुने आधार नभएको बताए। ‘विद्यार्थीको विवरण भरेर पठाउँदैमा परीक्षा नै हुन्छ भन्ने स्थिति छैन,’ भण्डारीले भने, ‘यो अवस्थामा न त विद्यार्थी नै तयारी छन्, न त हामी नै।’

'स्थानीय तहको निगरानीमा परीक्षा गराऔं' 
कक्षा १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएकोले परीक्षा गर्नेपर्ने बताउँछन्, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा। ‘गुणस्तर मापनका लागि परीक्षा त लिनैपर्छ। त्यो पनि राष्ट्रिय रुपमा नै लिनुपर्ने अवस्था छ,’ थापा भन्छन्, ‘नभए त विद्यार्थीलाई ह्यारेसमेन्ट फिल हुने रहेछ, कोरोना ब्याचको भनेर।’

एसईईको जस्तो विद्यालयलाई जिम्मा दिँदा विद्यालयले पनि राम्रो मूल्याङ्कन नगर्ने र विद्यार्थीलाई अन्यले यसै पास भएको जस्तो व्यवहार गर्ने हुँदा कमजोर महसुस गर्ने भएकाले परीक्षा नै गर्नुपर्ने थापाको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

हिसानका महासचिव लोकबहादुर भण्डारी भने अहिलेको परिस्थितिमा भौतिक रुपमा परीक्षा लिन नसकिने सबैको पहुँचमा इन्टरनेट सुविधा पनि नभएकाले साविकको जसरी परीक्षा लिन नसकिने बताउँछन्। ‘सरकारले परीक्षा लिने भन्छ भने त हामीले मान्नै पर्‍यो,’ भण्डारीले भने, ‘केन्द्रमा बसेर परीक्षा सबैलाई एकै तरीकाबाट लिने भन्यो भने त दुरदराजको विद्यार्थीले कसरी परीक्षा दिन सक्लान् र? अहिलेको विकल्प विद्यालयलाई नै जिम्मा दिनु हो।’

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा विद्यालयमा हुने आन्तिरिक परीक्षा बोर्डको सङ्ख्या एकबाट तीन बनाउनु पर्ने र स्थानीय तहको निगरानीमा सोही आन्तिरिक बोर्डमार्फत् परीक्षा लिनुपर्ने उपाय सुझाउँछन्। विद्यार्थीको पहुँचअनुसार अनलाइन तथा भर्चुअल परीक्षा लिनुपर्ने सम्बन्धित विद्यालयले उत्तरपुस्तिका जाँच गरेपछि स्थानीय निकायको शिक्षा शाखाले जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमार्फत प्रदेशमा पठाउने र प्रदेशले केन्द्रको राष्ट्रिय परीक्षा बोर्डलाई पठाउने र बोर्डले प्रमाणीकरण गरे नतिजा सार्वजनिक गर्नुपर्ने बताउँछन्।

‘सरकारले एसइईको जस्तै निर्देशिका निकाल्नुपर्छ,’ थापा भन्छन्, ‘स्थानीय तहको रोहबरमा परीक्षा लिएपछि एसइईको जस्तो ‘कोरोना ब्याच’ भनेर विद्यार्थीले आफूलाई कमजोर पनि सम्झिँदैनन् परीक्षाको गूणस्तर पनि कायम रहन्छ।’

विद्यालय तहको शिक्षा क्षेत्रमा चासो राख्ने देवीराम आचार्य पनि विद्यार्थीको सुविधा हेरेर अनलाइन अथवा मौखिक परीक्षा लिन सकिने बताउँछन्। ‘राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी कताकता छन् भनेर खोजी गरेको छ,’ आचार्यले भने, 'यो अवस्थामा परीक्षा लिने हो भने, मौखिक र अनलाइन परीक्षा लिन सकिन्छ।’

Xtrem

Xtrem

'अहिले राष्ट्रिय परीक्षा बोर्डले कोको विद्यार्थी कहाँ कहाँ छन् भनेर खोजी गरिरहेको छ। विभिन्न चरणमा परीक्षा गर्ने भनिएको छ। यदि विद्यार्थी प्रत्यक्ष उपस्थित भएरै परीक्षा सञ्चालन गर्न खोजिएको भए त विकल्पबारेमा गरिने बहसले अर्थ राखेन,' आचार्यले भने, 'तर हालको परिस्थितिमै बोर्डले परीक्षा लिएरै छोड्ने हो भने अनलाइन र मौखिक गरी दुई विकल्प उपर्युक्त देखिन्छ। तर यसका पनि केही जटिलता छन्।' सबै जटिलतलाई सम्बोधन गर्दै कक्षा १२ को परीक्षाका विषयमा निर्णय गर्न ढिलो गर्न नहुने आचार्यको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  २०:५५
  • #कक्षा-१२
  • #12Exam

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्