काठमाडौं-सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ।
मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियाे। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। मंगलबारका लागि चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार हुनेछ। सोमबार चाँदी १३ सय २० रुपैयाँ प्रतितोला कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।