एजेन्सी–पाकिस्तानमा शिया समुदायविरुद्ध प्रदर्शन गरिएको छ। कराँची सहरमा तहरीक–ए–लबाइक पाकिस्तान (टीएलपी) र अहल–ए–सुन्नत वल जमात (एएसडब्लुजे) ले अल्पसंख्यक शिया समुदायविरुद्ध र्याली निकालेका हुन्। र्यालीका क्रममा शिया समुदायविरुद्ध नाराबाजी गर्नुका सार्थ मोहर्रमको जुलुसमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिएको थियो।
पाकिस्तानमा शिया समुदायको संख्या २० प्रतिशत छ। शिया समुदाय पटक–पटक सुन्नी समुदायको निशाना बन्दै आएको छ। पाकिस्तानमा एक महिनायता इशनिन्दाका ४२ वटा मुद्दा दर्ता भएका छन्। अधिकांश शिया समुदायविरुद्ध छन्।
पाकिस्तानमा इश निन्दा गरेको भन्दै सामूहिक हत्या, प्रदर्शन र यातनाका घटना हुने गरेका छन्।
पाकिस्तान मानव अधिकार आयोगले धार्मिक र साम्प्रदायिक अल्पसंख्यकविरुद्ध इशनिन्दाका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । इशनिन्दाका मुद्दा चाँडो दर्ता नगर्न पनि आयोगले प्रहरीलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।