• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अख्तियारको प्रमुख आयुक्तमा राई कि जोशी?

64x64
दुर्गा दुलाल सोमबार, भदौ २९, २०७७  १९:२२
1140x725

काठमाडौं- निजामतीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गरेका नवीनकुमार घिमिरेले पाँच वर्ष कार्यकाल पूरा गरेर आइतबार अवकाश पाए। सोमबारदेखि अख्तियार प्रमुख आयुक्तविहीन भएको छ। अब अख्तियारमा गणेशराज जोशी र सावित्री गुरुङ मात्र आयुक्त रहेका छन्। उनीहरुको पनि आगामी चैत २९ गते ६ वर्षे पदावधिका कारण पदमुक्त हुँदैछन्। 

संविधानको धारा २३८ (१) अनुसार अख्तियारमा प्रमुख आयुक्त र अन्य ४ जना आयुक्त रहने व्यवस्था छ। दुई आयुक्त पहिल्यैदेखि रिक्त रहेको अवस्थामा प्रमुख आयुक्त घिमिरेले पनि अवकाश पाएपछि आइतबारबाट दुई आयुक्त मात्र रहेका हुन्। 

अख्तियारमा अहिले ३ पद खाली भएकाले उक्त पदमा नियुक्तिका लागि दलीय लबिङ र भागबन्डा सुरु भइसकेको छ। 

को-को छन् रोजाइमा?
दुई आयुक्तको पद लामो समयदेखि रिक्त नै रहिरहेको र हालै प्रमुख आयुक्त पनि बाहिरिएकाले संवैधानिक परिषद् बस्नैपर्ने दबाब सिर्जना भएको छ।यसअघि २०७५ माघ ६ गतेको संवैधानिक परिषद्को बैठकले केही आयोगमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पटकपटक भेट भएको छ। यी भेटमा संवैधानिक नियुक्तिको विषयमा कुराकानी हुने गरेको जानकारहरूको भनाइ छ। नियुक्तिका लागि दुवै पार्टीले भागबन्डा गर्ने देखिन्छ। 

यो पनि पढ्नुहोस्

अख्तियारसहित स‌ंवैधानिक आयोगका ४१ पदपूर्तिका लागि सरकारलाई का‌ंग्रेसको हरियो झन्डामंगलबार, भदौ २, २०७७

संवैधानिक परिषद्को सदस्यमा प्रमुख प्रतिपक्षी दलको नेता पनि सदस्य हुने भएकाले भागबन्डा हुने निश्चित जस्तै देखिन्छ। प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिपक्ष दलको नेताको प्रतिनिधित्व हुने संविधानमा उल्लेख छ। संविधानको उक्त व्यवस्था अनुसार संवैधानिक परिषदको वैठक बसेर सिफारिस गर्ने छ।

हालसम्म अख्तियारका लागि केही नाम चर्चामा रहेका छन्। अख्तियारको प्रमुख आयुक्तमा अख्तियारकै आयुक्त रहेका गणेशराज जोशीको नाम पनि चर्चामा रहेको छ। गृहसचिवबाट अवकाश पाएका प्रेमकुमार राईका नाम पनि चर्चामा रहेको छ।

त्यस्तै, नेपाली कांग्रेसको रोजाईमा दुई जनाको नाम चर्चामा रहेको छ। राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दीलिप रेग्मी र पूर्व एआईजी जयबहादुर चन्दको नाम चर्चामा रहेको छ। अन्य केही पूर्व सचिवहरूको नाम पनि अख्तियारको आयुक्तका लागि चर्चामा रहेका छन्। पूर्व प्रहरी अधिकृत र अन्य क्षेत्रबाट पनि अख्तियारको आयुक्तको लबिङमा रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो विकल्प जोशी 
अख्तियारको प्रमुख आयुक्तको रुपमा पहिलो विकल्पमा हालका आयुक्त डा गणेशराज जोशीलाई हेरिएको छ। एकै पटक बाहिरबाट प्रमुख आयुक्त ल्याउनुभन्दा त्यहीँ कार्यरतलाई दिइने सम्भावना धेरै देखिन्छ। जोशीको चैत २९ गते अवकाश हुने भएकाले उनीपछि नयाँ नियुक्त भएको व्यक्तिलाई सहज रुपमा प्रमुख आयुक्त बनाउन सक्ने देखिन्छ।

यो पनि पढ्नुहोस्

संवैधानिक परिषदकाे निर्णयमा कांग्रेसको आपत्तिबिहीबार, माघ १०, २०७५

पूर्व माओवादीको कोटाबाट आयुक्त बनेका जोशीलाई प्रमुख आयुक्त बनाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि प्रयास छ। अहिले माओवादी र नेकपा एक भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएकाले उनको सम्भावना पनि प्रबल रहेको अख्तियार स्रोतको आँकलन छ।

६ वर्षे पदावधिका कारण जोशी चैत २९ गते पदमुक्त हुने र त्यसपछि प्रधानमन्त्री ओलीले चाहेका प्रेमकुमार राई वा अन्यलाई प्रमुख आयुक्त बनाउने मिल्ने भएकाले ओली र प्रचण्ड दुवैको लागि ‘विन–विन’को समीकरण हुन सक्ने देखिन्छ।

अख्तियारका प्रमुख आयुक्तको पदावधि आयुक्त हुँदाको समेत गणना हुने भएकाले जोशी चैतमा पदमुक्त हुनेछन्। प्रमुख आयुक्त बनेमा जोशीले साढे ६ महिनामात्र अख्तियारको नेतृत्व सम्हाल्ने छन्। जोशी हाल अख्तियारको कार्यवाहक प्रमुख आयुक्त समेत हुन्।

प्रधानमन्त्री ओलीले पूर्व गृहसचिव प्रेमकुमार राईलाई तत्कालै प्रमुख आयुक्त बनाउन चाहे पनि पार्टीभित्रको विवाद साम्य पार्न प्रचण्डलाई समेत खुसी पार्नुपर्ने भएकाले ६ महिनाका लागि जोशीलाई प्रमुख आयुक्त बनाउन बालुवाटार सहमत हुन सक्ने प्रचण्ड निकटका नेताहरुको विश्लेषण छ। यसो भएमा राई वा प्रधानमन्त्रीले चाहेका व्यक्ति अहिले आयुक्त मात्र नियुक्त हुनेछन्।

यो पनि पढ्नुहोस्

विवादित नियुक्ति उल्टाउन किन हिम्मत गर्दैन अदालत?बिहीबार, भदौ ११, २०७७

प्रचण्डको कोटाबाट जोशी प्रमुख आयुक्त र ओलीको कोटाबाट राई आयुक्त बनेसँगै देउवाको कोटाबाट समेत एक जना आयुक्त बन्ने देखिन्छ। देउवाले आफ्नो कोटाबाट आयुक्तका लागि राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मी वा पूर्वएआईजी जयबहादुर चन्दको नाम अगाडि सार्ने उनी निकटका नेताको संकेत छ। रेग्मी २०७५ पुसमा विभागबाट पदमुक्त भएका थिए भने चन्द प्रहरी प्रमुख आईजिपी हुने विवादमा फस्दै पदमुक्त भएका थिए। प्रधानमन्त्री ओलीले चन्दलाई नरुचाउने भएका कारण देउवाको कोटाबाट आयुक्तमा रेग्मीको सम्भावना बलियो देखिन्छ।

दोस्रो विकल्प सिधै राई वा ओलीका व्यक्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विकल्पमा नगई सिधै आफूले चाहेका व्यक्तिलाई प्रमुख आयुक्तको रुपमा सिफारिस गर्न सक्ने अनुमान गर्नेहरु पनि छन्। हालसम्मको लबिङ हेर्दा यो पद प्रेमकुमार राईले पाउने देखिन्छ।

प्रमुख आयुक्तमा आफूले चाहेका व्यक्तिलाई जिम्मेवारी दिएपछि आयुक्तका रिक्त पदमा देउवा र प्रचण्डका व्यक्तिलाई सिफारिस गर्ने देखिन्छ।

चैतपछि थप सदस्य 
पार्टीभित्रको सत्ता संघर्ष मिलाउन ओलीले चैतपछि रिक्त हुने दुई पदका लागि फेरि भागबन्डा गर्ने छन्। माधव नेपाल र झलनाथ खनाल पक्षले समस्या गराएमा दुई पदमा उनीहरुको सिफारिसका मानिस पठाउन सक्ने विकल्प ओलीसँग रहने देखिन्छ। तर अन्य संवैधानिक निकाय पनि रिक्त भएकाले उक्त स्थानमा अन्य नेताका रोजाइका व्यक्ति पठाएर अख्तियारमा भने आफू अनुकूलका व्यक्ति लैजाने सम्भावना छ।

अहिले आकर्षक संवैधानिक पदहरू रिक्त हुन थालेपछि नेताका खल्तीका मान्छेले अवसर पाउने भएका छन्। त्यसले ओलीलाई पार्टी भित्रको शक्ति सन्तुलनलाई मिलाउन र विपक्षी पmकाउन पनि अवसर छ।

यो पनि पढ्नुहोस्

संवैधानिक आयोगमा बेथिति : ५ वर्षसम्म पदाधिकारी छैनन्, गाडी किन्न र बजेट सक्नमात्रै हतारबुधबार, साउन १४, २०७७

संवैधानिक परिषद्मा सहमति नजुट्दा २०७१ साल चैतदेखि अख्तियारमा नयाँ नियुक्ति हुन सकेको छैन। प्रमुख आयुक्त घिमिरे बाहिरिएसँगै नयाँ प्रमुखको खोजी सुरु भएको छ। आयोगमा आगामी चैतमा प्रमुख आयुक्तसहित दुई आयुक्तको पद रिक्त हुनेछ। त्यतिबेला थप अवसर सिर्जना हुने छ।
 
किन बसिरहेको छैन संवैधानिक परिषद्?
पछिल्लो पटक संवैधानिक परिषदको बैठक २०७६ कात्तिकमा बसेको थियो। उक्त बैठकमा अख्तियारको आयुक्तका नियुक्ति लगायत सातवटा आयोगका सदस्यहरुको नियुक्तिको एजेन्डा थियो। त्यसपछि विभिन्न कारणले संवैधानिक परिषद्को बैठक सर्दै आएको छ। संवैधानिक परिषद बैठक बस्न नसक्नुको मुख्य कारण भागबन्डा नमिल्नु नै हो।

२०७५ माघमा संवैधानिक परिषदको वैठकले नियुक्तिको सिफारिस गरेको थियो। उक्त बैठक प्रतिपक्ष दललाई खबर नगरी राखेको भन्दै नेपाली काग्रेसले आपत्ति जनाएको थियो। माघ ६ गते बसेको बैठकले वित्त आयोगमा बालानन्द शर्मा, सामावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नियुक्तिको लागि सिफारिस गरेको थियो।

अब बस्ने संवैधानिक परिषदले अख्तियारसहित ४० भन्दा धेरै संवैधानिक पदहरुमा नियुक्ति गर्नुपर्ने देखिन्छ। यीमध्ये तत्कालै नियुक्त गर्नुपर्ने निकाय अख्तियार रहेको छ।

यो पनि पढ्नुहोस्

लगातार विवादास्पद नियुक्तिबिहीबार, भदौ ११, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारमा नियुक्त हुने व्यक्तिको भित्री सूची तयार गरिसकेको बताइन्छ। यसअघि नियुक्ति लागि सिफारिस गर्न नसक्नुमा पार्टीभित्र भागबन्डा नमिलाउनु नै मुख्य कारण थियो। प्रतिपक्ष दलको भाग समेत मिलाउनुपर्ने विवाद सिर्जना भएपछि नियुक्त रोकिँदै आएको थियो।
    
केही समयअघि प्रधानमन्त्रीले यी आयोगहरुमा एकलौटी रुपमा नियुक्तिका लागि संवैधानिक परिषद ऐन संशोधनका लागि अध्यादेश जारी गरेका थिए। संसद अधिवेशन अन्त्य भएपछि प्रधानमन्त्रीले प्रतिपक्ष दलविहीन हुने संवैधानिक परिषद् बनाउने कल्पना गरेका थिए। तर उक्त अध्यादेशको विरोध भएपछि सरकारले फिर्ता लिएको थियो। 

यो पनि पढ्नुहोस्

'नवीन सर' : निजामतीमा अब्बल, अख्तियारमा कार्यकारीको छायाशनिबार, भदौ २७, २०७७

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई दिइएको कैद माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष... मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबारको बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली–२०८३ का नियम २० र २१ सम्झाउँदै बैठकमा मोबाइल फोन प्रयोग, फोटो तथा... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम बैठकमा अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहँदा पार्टीभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली, बैठक सञ्चा... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति नरम मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्