काठमाडौं – प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बसेको प्रति आपत्ति जनाएको छ।
बिहीबारदेखि सुरुभएकाे केन्द्रीय समितिको बैठकमा तिन दिन अघि संवैधानिक परिषद्को बैठकमा विपक्षी देलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा पनि निर्णय गरिएको भन्दै आपत्ति जनाइएको हो।पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले संवैधानिक अंगहरुमा गरिएको नियुक्ति प्रक्रियाको विधि प्रति पनि आपत्ति जनाए। जारी बैठकमा सरकारको उक्त कदमका विषयमा पनि छलफल हुने उनले सञ्चारकर्मीलाई जानकारी गराए।
बिहिबारको बैठक मूलत सरकारका कामकारबाहीमा केन्द्रित हुने उनले बताए । पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताललाई केन्द्र सरकार मातहत नराख्ने सरकारको निर्णयमा पनि बैठकमा छलफल हुने उनले जानकारी गराए। बैठकमा महासमिति बैठकले सुम्पेका एजेण्डा, नेविसंघको निरन्तरता वा तदर्थ समिति ,निर्मला हत्याकाण्ड, संसदमा कांग्रेसको भूमिकालगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
बैठक केहि दिन लम्बिने शर्माले बताए। महासमिति बैठकले पारित गर्न बाँकी रहेका विषय र नेविसंघका बारेमा अर्को बैठकमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।