काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयले २ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। तोकिएको नियम अनुसारको काम नगरेको पाइएपछि कार्यालयले अरुण कन्स्ट्रक्सन र विटी टौदह फस्कु जेभीलाई कालोसूचीमा राखेको हो।
त्यसमा विटी निर्माण सेवा बत्तिसपुतली र टौदह कन्स्ट्रक्स्न चाल्नाखेल रहेको छ। सो कम्पनीका प्रमुख व्यक्ति खड्गबहादुर बुढाथोकी रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले सो ठेकेदार कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ। अरुण कन्स्ट्रक्सनलाई भने १ वर्ष कालोसूचीमा राखिएको हो।
उनीहरुले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिद वा निर्माण सेवामा भाग लिन पाउने छैनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।