काठमाडौं-सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ।
सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आइतबार १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि १३ सय २० रुपैयाँ तोकिएको छ। साताको पहिलो दिन आइतबार भने सुनको मूल्य स्थिर थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।