एजेन्सी- अमेरिकाको ओरेगन जङ्गलमा आगो लागेको छ। आगो फैलिदै जाँदा दर्जनौं मानिस बेपत्ता भएको राज्यका गभर्नर केट ब्राउनले बताए।
भीषण आगलागीका कारण ओरेगनका दशौं हजार मानिस आफ्नो घर छाडेर हिँडेका छन्। आगालागीका कारण हालसम्म ११ जनाले ज्यान गुमाएका छन्।
अहिले अमेरिकाको १२ राज्यको १०० स्थानमा आगलागी भएको छ। गर्भनर ब्राउनले शुक्रबार पत्रकार सम्मेलन गर्दै ओरेगनको कयौं क्षेत्रमा आगलागी भएकाले तनाव बढिरहेको बताए। ‘मानिसहरु आफ्नो घर छोडेर जानुपर्ने भएको छ’ गर्भनरले भने‚ ‘आफ्नो परिवार र समुदाय चिन्तित देखिएका छन्। हाम्रो सुन्दर शहर अहिले जलिरहेको छ।’
अहिलेसम्म दर्जनौं मानिस बेपत्ता भएको खासगरी जैक्सन, लेन र मैरियन काउन्टीको मानिस रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।