एजेन्सी–इजरायल र बहराइन आपसी सम्बन्ध सुधार गर्ने विषयमा सम्झौता गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसको घोषणा गरेका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘३० दिनभित्र इजरालयसँग शान्ति सम्झौता गर्ने दोस्रो अरब देश।’
लामो समयदेखि अरब मुलुकहरुले प्यालेस्टाइन विवाद समाधान भएपछि मात्र इजरायलसँग सम्बन्ध स्थापित गर्ने बताएका थिए। तर गत महिना संयुक्त अरब इमिरेट्स पनि इजरालयसँग सम्बन्ध सामान्य बनाउन सहमत भएको थियो। त्यतिबेला नै बहराइनले पनि यस्तै गर्न सक्ने आँकलन गरिएको थियो।
इजरायल–प्यालेस्टाइन संघर्षलाई समाधान गर्ने उद्देश्यले ट्रम्पले गत जनवरीमा मध्यपूर्व शान्ति योजना प्रस्तुत गरेका थिए। सोही योजनाअनुरुप खाडी मुलुक र इजरायलबीच सम्बन्ध सुधारका लागि उनले पहल गरेका हुन्।
इजरालयको प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले यो सम्झौताबाट आफू उत्साहित भएको बताएका छन्। उनले भनेका छन्, ‘यो शान्तिको एक नयाँ युग हो, शान्तिका लागि शान्ति, अर्थव्यवस्थाका लागि अर्थव्यवस्था, हामीले कैयौं वर्षसम्म शान्तिका लागि प्रयास ग¥यौं, अब हामी शान्तिका लागि प्रयास गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।