नयाँदिल्ली- सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जेल जानै पर्ने भएको छ। लागु औषध मुद्दामा मुम्बई सेसन्स कोर्टले धरौटीमा उन्मुक्ति नदिएपछि उनी जेलमा जाने भएकी हुन्।
धरौटीमा रिहा गर्ने याचिका अदालतले खारेज गरेपछि उनले जेल जानुपर्ने भएको हो। सबै ६ आरोपित रिया, शोविक, दीपेश सावन्त, स्यामुअल मिरांडा, जैद, बासित परिहार जेल जानुपर्ने भएको हो।
रिया २२ सेप्टेम्बरसम्म भायखला जेलमा रहने छिन्। रियालाई धरौटीमा छुटाउन उनका वकिल उच्च अदालतको ढोका ढकढकाउने सक्ने बाटो भने खुलै छ।
यो जेलमा रहेको रियाको तेस्रो दिन हो। जुन दिन अदालतले फैसला सुनाएको थियो उक्त दिन रियाले एनसीबीको लकअपमा रात बिताएकी थिइन्।
एनसिबीको सोधपुछमा रिया र उनका भाइको कति ड्रग प्रयोगकर्तासँग सम्बन्ध पाइएको थियो। रिया र शोविकमाथि ड्रग खरिदबिक्रीको आरोप लागेको छ।
रियाले एनसिबीसँग ड्रग किनेको स्वीकारेकी छन्। आफू र सुशान्तलाई सेवन गर्नका लागि ड्रग किनेको उन दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।