काठमाडौं- सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको छ।
शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियाे।
यस्तै, बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य तोलामा १५ रूपैया घटेको हो। बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय २५ रूपैयाँ रहेकोमा शुक्रबारका लागि १३ सय १० रूपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।