न्युयोर्क–माइक्रोसफ्ट कम्पनीले आगामी अमेरिकी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै रुस, चीन र इरानका ह्याकरहरु सक्रिय रहेको जनाएको छ।
सन् २०१६ मा डेमोक्रेटिक पार्टीको निर्वाचन अभियानलाई ह्याक गर्ने कार्यमा संलग्न रुसी ह्याकरहरु यस पटक फेरि सक्रिय भएको उक्त कम्पनीको दाबी छ।
‘निर्वाचनलाई निशाना बनाउँदै विदेशी समूहहरुले आफ्नो प्रयास जारी राखेका छन्,’माइक्रोसफ्टले भनेको छ। राष्ट्रपतिका उम्मेदवारहरु डोनाल्ड ट्रम्प र जो बिडेन दुवै साइबर आक्रमणकारीको निशाना परेको बताइएको छ।
‘स्ट्रोेन्टियम’ नामक समूहका रुसी ह्याकरहरुले २ सयभन्दा बढी संस्थाहरुलाई निशाना बनाइरहेका छन्, जसमा अधिकांश राजनीतिक पार्टीसँग आबद्ध छन्। यही समूहले बेलायती राजनीतिक पार्टीलाई पनि आक्रमण गरेको थियो।
‘स्ट्रोेन्टियम’ लाई फ्यान्सी बियर नामले पनि चिनिन्छ । यो समूह रुसी सैन्य गुप्तचर एजेन्सी ‘जीआरयु’ आबद्ध रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।