एजेन्सी- अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन्। उनी सो भ्रमणका लागि अर्काे हप्ता जाने समाचारमा जनाइएको छ।
विदेशमन्त्री मोहमद जभाद जारिफ बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनको भ्रमणमा जाने सो समाचारमा उल्लेख गरिएको छ। सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताका विरुद्धमा संयुक्त राज्य अमेरिकाले इरानमाथि अहिले पछिल्लो समयमा निकै ठूलो दबाब दिएको बताइएको छ।
यस्तो अवस्थामा विदेशमन्त्री जभादले युरोपेली देशहरुको भ्रमण गर्न लागेको बताइएको छ। अमेरिकाले उक्त सम्झौताका विरुद्धमा इरानलाई दबाब दिइरहेका बेला आफ्नो पक्षमा सहमति जुटाउन विदेशमन्त्री जभादले सो भ्रमण गर्न लागेको अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।