काठमाडौं-फिल्मकर्मी छेतेन गुरुङको निधन भएको छ। चलचित्र ‘प्रेम गीत ३’का निर्देशक गुरुङको मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा निधन भएको हो ।
केही दिनदेखि लिभरमा समस्या भएकाले छेतेन हस्पिटल भर्ना भएका थिए। उपचारका क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’का निर्माता सन्तोष सेनले जानकारी दिए। निर्माता सेनले भने, ‘छेतेनले नयाँ फिल्मका लागि पनि काम गरिरहनुभएको थियो तर उहाँको दुखद निधन भयो।’
गुरुङले ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्महरु पनि लेखेका थिए जुन बक्स अफिसमा समेत सफल मानिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।