काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन माओवादी जनयुद्धका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेलको तस्बिरमा माल्यार्पण गरी सम्झिएका छन्।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगी प्रचण्डले समिति नेता र परिवारका सदस्यको उपस्थितमा वाग्ले र पोखरेलको तस्बिरमा माला लगाएका थिए।
तत्कालीन माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका वाग्ले सहित पोखरेल ०५६ साल भदौ २३ गते गोरखाको गाखुमा मारिएका थिए।
यसअघि विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिए पनि कोरोना महामारी भएकाले सहिदको तस्बिरमा माला लगाएर सम्झना गरिएको
सोही कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायत सामान्य कार्यकर्ता र परिवारका सदस्य मात्रै उपस्थित भएका थिए।
यस्तै, प्रचण्डले सहिद परिवारका सदस्यलाई भेटेर सन्चो बिसन्चो सोधेका थिए। परिवारका लागि पार्टीले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।