धनुषा– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्।
मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्।
जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना गरे। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको जानकी मन्दिरमा बिहानै बालेन र अमरेशलाई एकसाथ देख्दा स्थानीय तथा दर्शनार्थीहरूको भीडमा छुट्टै रौनक देखिएको थियो।
आरतीमा सहभागी भएलगत्तै बालेन मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा मनाइने बलिदानी दिवसको कार्यक्रममा सहभागी हुन सिरहाको लहान प्रस्थान गरेका छन् । उनले बिहान ८ बजे लहानस्थित मधेशी शहीद पार्कमा माल्यार्पण गर्ने तालिका छ ।
यसपछि बालेन रास्वपाले आज जनकपुरधाममा गरेको परिवर्तनको उद्घोष सभामार्फत पहिलोपटक पार्टी सभापति रवि लामिछानेका साथ सम्बोधनमा सहभागी हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।