काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आगामी मंगलबारलाई तोकिएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मनोनयन स्थगित हुनुपर्ने माग गरेको छ ।
उनीहरूले मंगलबार (६ माघ ) को मनोनयन रोक्नुपर्ने अनि मनोनयन भइसकेको भए त्यसलाई स्थगित गरेर अर्को मनोनयनको मिति घोषणा गर्न आदेश हुनुपर्ने माग गरेका छन्।
पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोग पठाइएको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए ।
निर्वाचन आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ । तर कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ । रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।