काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परिसकेकाले अब सबै कांग्रेसजनले अदालतको फैसला जे आउँछ त्यसलाई मानेर एकजुट भएर जानुपर्ने बताएका छन् ।
आफ्नो समूहको छलफलका क्रममा कार्यकर्तासँग कुरा गर्दै कोइरालाले पार्टीबाट उम्मेदवारीको अवसर पाउनेहरुलाई जिताउन आफू लागिपर्ने समेत बताए ।
कोइरालाले भने-निर्वाचन आयोगको निर्णय र ६ गतेको मनोनयनले गर्दा कांग्रेसमा उथलपुथल छ । अब सर्वोच्चमा रिट दर्ता समेत भइसकेको अवस्थामा कांग्रेस विवादमा सर्वोच्च अदालतले दिने निर्णय सबैलाई मान्य हुन्छ मुलुकमा भएको संवैधानिक संकट र पार्टीको अप्ठ्यारो परिस्थितिबीच के गर्ने भन्नेमा म परामर्शमै छु । उम्मेदवारीको अवसर पाउने साथीहरू चुनाव लड्नुहोला । पार्टीका साथीहरू जिताउन म लाग्नेछु ।
कोइरालाले आफू चुनाव लड्ने विषयमा भने मुलुकको पछिल्लो परिस्थिति र पार्टीमा विकसित घटनापछि त्यसबारे गहन छलफलमा रहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।