काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।