काठमाडाैं-संसदीय सुनुवाई विशेष समितिले चार देशका लागि सिफारिस भएका राजदुतहरुको सुनुवाइ भदौ २५ गतेदेखि सुरु गर्ने भएको छ।
समितिले सोमबार सूचना जारी गर्दै बिहीबार प्रस्तावित राजदूतमाथि परेका उजुरी खोल्ने र सांसदहरुलाई वितरण गर्ने जनाएकाे हाे। समितिमा हालसम्म चारवटा उजुरी परेका छन्। उजुरीहरु कस्ता परेका छन् भन्ने खाम खोलेपछि मात्र थाहा हुने संसद सचिवालयले जनाएको छ।
सरकारले युरोपियन युनियन (ईयू) सहित केही देशमा राजदूत सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई बेल्जियम तथा ईयू, राहदानी विभागका महानिर्देशक रामकाजी खड्कालाई जर्मनी र दक्षिणपूर्वी एसिया तथा प्यासिफिक महाशाखाका प्रमुख तापस अधिकारीलाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।