नयाँदिल्ली–चीनले भारतीय सैनिकहरु गैरकानुनी रुपमा आफ्नो सीमामा प्रवेश गरेको आरोप लगाएको छ। वास्तविक नियन्त्रण रेखा (एलएसी) मा खटिएका भारतीय सैनिकहरु सीमा पार गरेको र चिनियाँ सैनिकमाथि ‘चेतावनीयुक्त फायरिङ’ गरेको चीनले बताएको हो।
यो विषयमा भारतका तर्फबाट कुृनै प्रतिक्रिया आएको छैन। चीनले आफ्ना सैनिक वार्ता गर्ने तयारीमै रहेका बेला यस्तो घटना भएको बताएको छ। चीनको सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले चिनियाँ सेनाका प्रवक्तालाई उद्धृत गर्दै बाध्य भएर जवाफी कारबाहीका लागि फायरिङ गर्न वाध्य भएको जनाएको छ। भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमा दुवै पक्षबीच फायरिङ भएको उल्लेख गरेको छ।
चिनियाँ सेनाका प्रवक्ता झाङ शियुलीले पनि भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी भागमा एलएसी पार गरेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।