नयाँदिल्ली–एक भारतीय कम्पनीले अभिनेता अक्षयकुमारसँग मिलेर ‘पबजी’ जस्तै मोबाइल गेम बजारमा ल्याउने घोषणा गरेको छ।
बहुचर्चित मोबाइल गेम पबजीलाई भारत सरकारले प्रतिबन्ध लगाएपछि त्यसैको स्थान लिन ‘फौ–जी’ नामक गेमको घोषणा गरिएको हो।
बेंगलुरुस्थित एन–कोर गेम्स नामक कम्पनीले यो मोबाइल गेम तयार पारेको हो। कम्पनीले ‘फौ–जी’ लाई आगामी अक्टोबरमा बजारमा ल्याउने जनाएको छ। यसको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्ड्स’ राखिएको छ।
यो गेम गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा आधारित भएर बनाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।