काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ।
कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले शैलुङ र होनिकोसँग गत असारमा गरिएको युरिया मलको ठेक्का सम्झौता तोडिएको बताए। त्यस्तै दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउने र धरौटी रकम जफत गर्ने पनि निर्णय गरेको छ। त्यस्तै कानूनी राय लिएर थप कारबाहीको प्रकृया अगाडि बढाउने मन्त्री भुसालले भने।
भुसालका अनुसार शैलुङसँगको २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द गरिएको हो।
यी दुई कम्पनीले भदौ २० गतेसम्म समान २५ हजार युरिया मल खरिद गरि नेपाल ल्याइसक्ने गरी कृषि सामग्री कम्पनीसँग सम्झौता गरेका थिए। तर ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल ल्याउन नसकेपछी ठेक्का तोडिएको हो।
तोकिएको समयमा ठेकेदारले मल नल्याएपछि सरकारले बंगलादेशसँग ५० हजार मेट्रिक टन युरिया मल सापटी माग्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।