• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

अमेरिकी ‘कुख्यात अपराधी’ बेकरलाई नेपाल ल्याउला प्रहरीले?

तेस्रो पटक रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार
64x64
नारायण अधिकारी सोमबार, भदौ १५, २०७७  ०७:०६
1140x725

काठमाडौं- २४ वर्षसम्म नेपालका डाँडापाखा, कुनाकन्दरा, हिमाल-तराई, छाँगा-छहरा छिचोल्दै समय बिताइदिए अमेरिकी नागरिक इयान बेकरले। जानकारहरूका अनुसार प्रकृतिप्रेमी बेकर घण्टौंमात्र होइन, हप्तौंसम्म एक्लै प्रकृतिमै हराउँथे। उनीहरूकै शब्द सापट लिने हो भने 'कोही बेला त उनी प्रकृतिसँग सवालजवाफमै उत्रन्थे'।

नेपालको कला, संस्कृति, धर्म, जातजातिको अध्ययनमा पनि उनी लीन हुन्थे। उनी जति समय नेपाल बसे, यिनै दुई चिज (नेपालको कलासंस्कृतिको अध्ययन र घुमघाम)मै समय बिताए।

उनको ख्याति यतिमा मात्रै सीमित थिएन। उनी अन्तराष्ट्रियस्तरमा समेत प्रख्यात थिए। र छन् अहिले पनि। उनले लेखेका दर्जर्नौं किताब ज्ञानका स्रोत मानिन्छन्। उनले दिएका प्रशिक्षणबाटै कतिपय विद्यार्थीको जीवन नै 'टर्निङ पोइन्ट' बन्न पुगेको छ।

हिमाल र तिब्बती संस्कृति, इतिहास, वातावरण र कलासम्बन्धी उनका दर्जन बढी किताब प्रकाशित भएका छन्। 'द हार्ट अफ द वर्ल्ड, 'अ जर्नी टु द लास्ट सेक्रेट प्लेस', 'सेलेस्टियल ग्यालरी', 'द टिबेटियन आर्ट अफ हिलिङ' र 'द दलाई लामाज् सक्रेट टेम्पल', 'टिबेटियन योगा'जस्ता प्रख्यात किताब उनै बेकरका कृति हुन्।

हिमालयन सेन्सस इन्स्टिच्युटका कार्यकारी बोर्ड सदस्यसमेत बनेका बेकर नेसनल जियोग्राफिक म्यागजिनमा लेख लेख्ने गर्छन्। उनी अन्तर्राष्ट्रिय रूपमा वातावरण र संस्कृतिका विषयमा प्रशिक्षणसमेत दिने गर्छन्। उनी लन्डन्स् कोर्टल्ड इन्स्टिच्युट अफ आर्ट, द रोयल जियोग्राफिक सोसाइटी, रोयल सोसाइटी फर एसियन अफेयर्स, एसिया सोसाइटी, स्मिथसोनियन इन्स्टिच्युट र नेसनल जियोग्राफी सोसाइटीसँग पनि आबद्ध छन्।

त्यसैगरी उनी नेसनल जियोग्राफी च्यानल, डिस्कभरी च्यानल, सिएनएन, बिबिसीलगायतका टिभी र रेडियोमा जियोग्राफीसम्बन्धी कार्यक्रममा आबद्ध छन्। वाइल्डलाइफ, सांस्कृतिक, पर्यटन तथा अध्यात्म क्षेत्रमा काम गरेको उनी बताउने गर्छन्।

यिनै विख्यात अमेरिकी नागरिक बेकर नेपालको प्रहरीको भने 'मस्ट वान्टेड' सूचीमा छन्। नेपाल प्रहरीमात्रै होइन, १९४ देशका प्रहरी बेकरको पछि लागेको १२ वर्ष बितिसक्यो। तर  उनलाई नेपाल ल्याएर कारबाही गर्ने प्रयास अहिलेसम्म सफल हुन सकेको छैन। पक्राउ परेर समेत छुट्ने ल्याकत राखेका बेकरलाई पक्राउ गरेर पुनः नेपाल ल्याउनकै लागि फेरि नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

बेकरलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोललाई पत्राचारसमेत गरिसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले बताए। ‘बेकरविरुद्ध रेड नोटिस जारी गर्नका लागि केही दिनअघि नेपालस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत् इन्टरपोलमा पत्राचार भइसकेको छ। रेड नोटिस भने जारी भएको छैन। रेड नोटिस जारी भइसकेपछि प्रक्रिया अघि बढ्छ,’ एसएसपी कडायतले नेपाल लाइभसँग भने।

अन्तर्राष्ट्रिय रुपमै चर्चाको शिखरमा पुगेका बेकर नेपाल प्रहरीको 'मस्ट वान्टेड' सूचीमा कसरी परे? यसको जानकारी पाउन १२ वर्ष अगाडिको घटनामा फर्कनुपर्छ। 

महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन डिएसपी शेरबहादुर बस्नेतको टोलीले २०६५ जेठ ४ गते बालुवाटारको सममार्ग घर नम्बर ८०७ मा रहेको बेकरको डेराबाट वन्यजन्तुका आखेटोपहार र प्राचीन सामग्री बरामद गरेको थियो। 

राजेश महर्जनको घर भाडामा लिएर बेकरले आखेटोपहार संग्रहालय जसरी नै राखेका थिए। उनले गैह्रीधारास्थित छेवान नोर्बु नेपालीको घरमा समेत कोठा भाडा लिएका थिए। जहाँ उनी आफू पनि बस्थे भने आखेटोपहार पनि भण्डारण गर्थे।

यो पनि पढ्नुहोस्

विख्यात व्यक्तिको कुख्यात कथामंगलबार, मंसिर ३, २०७६

बेकरका फर्निचरका सामान दुर्लभ वन्यजन्तुका अंग र सयौं वर्ष पुराना पुरातात्विक महत्वका सामग्रीले बनेका थिए। सोफामा चितुवाको छाला, खप्पर, सिंग, जंगली जनावरका नंग्राले बैठक कोठा सजाएका थिए। उनको डाइनिङ टेबलमा बाघको छाला बिच्छ्याइएको थियो भने चितुवाको छालाको सिरानी थियो।

यतिमात्रै होइन, उनले आफूले लगाउने कपडासमेत वन्यजन्तुको छालाबाट बनेका हुन्थे। ज्याकेट, टोपी, बेल्ट दुर्लभ जंगली जनावरको छालाबाट बनेका हुन्थे। त्यस्तै वर्षौं पूराना टुँडाल, भैरव, गजुर, तोरण, मूर्ति पनि प्रहरीले त्यसबेला बरामद गरेको थियो। आखेटोपहार र पुरातात्विक सामानसहित १ सय २२ थान सामग्री प्रहरीले त्यसबेला फेला पारेको थियो।

बेकरको कोठाबाट यी सामान बरामद गर्ने डिएसपी बस्नेत बढुवा भएर डिआइजीबाट अवकाशसमेत पाइसके। तर वन्यजन्तुको आखेटोपहारको संग्रहालय बनाएर राख्ने बेकर अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। 

फरार बेकरलाई पक्राउ गर्न त्यसबेला इलाका वन कार्यालय थानकोटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी गार्ड, महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला वन कार्यालय काठमाडौंलाई पत्र लेखेको थियो। त्यतिमात्रै होइन, प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई समेत पत्राचार गरेर रेड नोटिस जारी गरिएको थियो। 

उनीविरुद्ध पहिलो पटक सन् २००८ र २०१३ मा गरेर दुई पटक रेड नोटिससमेत जारी भएको थियो। एकपटक जारी भएको नोटिसको म्याद ५ वर्षसम्म मात्रै हुने भएकाले २०१३ मा पुनः जारी गर्नु गरेको थियो। २०१३ मा जारी भएको नोटिसको समेत म्याद सकिएको छ। तर उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। उनीमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ र १९ विरुद्धको कसुर गरेको आरोप लागेको छ। 

बेकर भुटान, थाइल्यान्डलगायतका एसियाली मुलुकमा आवतजावत गरिरहन्थे। तर पनि पक्राउ पर्न सकेका थिएनन्। तर उनी सन् २०१७ जुन १७ मा ग्रिसको एथेन्समा पक्राउ परेका थिए। उनी पक्राउको कारण भने नेपालस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी)को पत्रमार्फत् जारी भएको रेड नोटिस नै थियो। 

त्यसपछि उनलाई नेपाल ल्याउन पहल पनि भयो। तर बेकर र उनका कानुनी सल्लाहकारले रेड नोटिस नै अवैधानिक रहेको तर्क गरे। अन्ततः रेड नोटिसलाई नै अवैध ठहर भयो। बेकर पक्राउ परेपछि ग्रिस प्रहरीले नेपालमा सुपुर्दगीका लागि सम्पूर्ण सक्कल अदालती कागजात कूटनैतिक माध्यमबाट ग्रिसको कानुन मन्त्रालयमा पठाउन भन्दै इन्टरपोल एथेन्सबाट पत्राचार गरेको थियो। 

उक्त पत्र आएपछि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाले ती कागजात जिल्ला वन कार्यालय काठमाडौंसँग माग गरेर परराष्ट्र मन्त्रालयमार्फत् ग्रिस पठायो।  कागजात पाएपछि इन्टरपोल महासचिवालयले वन कार्यालय अर्धन्यायिक निकाय भएको भन्दै वनको सिफारिसमा जारी भएको रेड नोटिस नै अवैधानिक ठहर गरिदियो। पक्राउ परे पनि बेकरलाई नेपाल ल्याउन सम्भव भएन।

वन कार्यालयको सिफारिसमा जारी भएको रेड नोटिस अवैधानिक भएपछि जिल्ला अदालतको सिफारिसमा रेड नोटिस जारी गरिदिनका लागि अहिले इन्टरपोलमा पत्राचार भएको एसएसपी कडायतले बताए। 

नेपालको संविधान २०७२ जारी भएपश्चात् एक वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुरको मुद्दा सम्बन्धित जिल्ला अदालतमा सर्ने कानुनी प्रावधान भएकोले यस मुद्दाको कार्यक्षेत्र पनि जिल्ला अदालत हुने भन्दै काठमाडौं जिल्ला अदालतको सिफारिसमा बेकरविरुद्ध तेस्रो पटक रेड नोटिसको प्रक्रिया अघि बढाइएको हो।

काठमाडौं जिल्ला अदालतमा कागजात पेस भएपछि २१ दिनभित्र उपस्थित हुने बेकरलाई अदालतले आदेश दिएको थियो। तर उनी अदालत उपस्थित भएका थिएनन्। त्यसपछि रेड नोटिसको प्रक्रिया अघि बढाइएको थियो। अहिले भने इन्टरपोललाई पत्राचार समेत गरिसकिएको प्रहरी हेडक्वार्टरले जनाएको छ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
शर्मा भन्छन्– महाधिवेशन रोक्ने अन्तरिम आदेश आउने सम्भावना छैन, इगोको चस्मा उतारौं बुधबार, भदौ १०, २०८३
पर्सामा ट्रयाक्टरले किच्दा १७ वर्षीय किशोरको मृत्यु बुधबार, भदौ १०, २०८३
दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट बुधबार, भदौ १०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, भदौ १०, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्