• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

विख्यात व्यक्तिको कुख्यात कथा

बालुवाटारमा आखेटोपहार संग्रहालय बनाउने बेकरलाई २१ दिनभित्र उपस्थित हुन आदेश
64x64
नारायण अधिकारी मंगलबार, मंसिर ३, २०७६  १९:२६
1140x725

काठमाडौं- आखेटोपहार तस्करीमा संलग्न रहेको आरोप लागेका कुख्यात वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकरलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन जिल्ला अदालत काठमाडौंले सार्वजनिक सूचना जारी गरेको छ। ११ वर्षअघि वन्यजन्तुको आखेटोपहार तस्करीको मुद्दामा बेकरलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन समाह्वान (सूचना) जारी गरिएको जिल्ला अदालतले जनाएको छ।

अदालतले सोमबार जारी गरेको समाह्वानपत्रमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १०५ (२२) बमोजिम तपाईंको नाममा यो म्याद प्रकाशित गरिएको छ। सूचना प्रकाशित भएको मितिले बाटाको म्यादबाहेक २१ दिनभित्रमा प्रतिउत्तर र कानूनबमोजिम आफ्नो लिखत प्रमाणसमेत लिई आफैं वा कानुनबमोजिम वारेस पठाउनुहोला। नआई म्याद गुजारी बसेमा कानुनबमोजिम हुनेछ। पछि तपाईको उजुर लाग्ने छैन।’

बालुवाटारको सममार्ग घर नम्बर ८०७ मा रहेको बेकरको डेराबाट वन्यजन्तुका आखेटोपहार र प्राचीन सामग्री २०६५ जेठ ४ गते महानगरीय प्रहरी अपराध महाशाखाका तत्कालीन डिएसपी शेरबहादुर बस्नेतको टोलीले बरामद गरेको थियो। त्यसबेला घरधनी राजेश महर्जन पक्राउ परेका थिए। उनी ५ वर्ष कैद फैसलासमेत कटाएर जेलमुक्त भइसकेका छन्। तर बेकर भने अहिलेसम्म फरार छन्। ०६५ सालदेखि उनको खोजी भए पनि अहिलेसम्म उनलाई नेपाल ल्याउन सकिएको छैन।

फरार बेकरलाई पक्राउ गर्न त्यसबेला इलाका वन कार्यालय थानकोटले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी गार्ड, महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला वन कार्यालय काठमाडौंलाई पत्र लेखेको थियो। त्यतिमात्रै होइन, प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोललाई समेत पत्राचार गरेर रेड नोटिस जारी गरिएको थियो। उनीविरुद्ध पहिलो पटक सन् २००८ सेप्टेम्बरमा रेड नोटिस जारी भएको थियो। एकपटक जारी भएको रेड नोटिसको म्याद ५ वर्षसम्म मात्रै रहने व्यवस्था छ। सोहीअनुसार उनीविरुद्ध दोस्रो पटक सन् २०१३ सेप्टेम्बरमा रेड नोटिस नवीकरण गरिएको थियो। बेकरविरुद्धको दोस्रो पटकको रेड नोटिसको म्याद पनि गुज्रिसकेको छ। तर उनलाई नेपाल ल्याउन भने सफल हुन सकिएको छैन।

बेकर पक्राउ नपरेकाले उनीमाथिको फैसला हुनै बाँकी छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १८ र १९ विरुद्धको कसुर गरेको आरोप लागेको छ। उनी पक्राउ परेका बखत कारबाही गरिने भन्दै त्यसबेला मर्हजनलाई मात्रै ५ वर्ष कैदको फैसला सुनाइएको थियो।

पक्राउ परेर पनि छुटेका थिए, बेकर
बेकर भुटान, थाइल्यान्डलगायतका एसियाली मुलुकमा आवतजावत गरिरहन्थे। तर पनि पक्राउ पर्न सकेका थिएनन्। तर उनी सन् २०१७ जुन १७ मा ग्रिसको एथेन्समा पक्राउ परेका थिए। उनी पक्राउको कारण भने नेपालस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत् जारी भएको रेड नोटिस नै थियो।

त्यसपछि उनलाई नेपाल ल्याउन पहल पनि भएको थियो। तर कानुनी छिद्र प्रयोग गर्दै रेड नोटिस नै 'भ्यालिड' नभएको भन्दै बेकर छुट्न सफल भए। उनी पक्राउ परेपछि ग्रिस प्रहरीले नेपाल सुपुर्दगीका लागि सम्पूर्ण सक्कल अदालती कागजात कुटनैतिक माध्यमबाट ग्रिसको कानुन मन्त्रालय (मिनिस्ट्री अफ जस्टिस)मा पठाउन भन्दै इन्टरपोल एथेन्सबाट पत्रचार भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त पत्र आएपछि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखाले ती कागजात जिल्ला वन कार्यालय काठमाडौंसँग माग गरेको थियो। वन कार्यालयमार्फत् वन विभाग हुँदै वन तथा भू-संरक्षण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बेकरको मुद्दाका कागजात परराष्ट्र मन्त्रालयमार्फत् ग्रिस पठाइएको थियो।

बेकर पक्राउका सम्बन्धमा इन्टरपोल महासचिवालयबाट इमेलमार्फत् ‘डिस्ट्रिक फरेस्ट अफिस इज अ क्वासी ज्युडिसियल बडी अफ नेपाल गभर्मेन्ट’ लेखी पठाइएको थियो। अर्थात् वन कार्यालय अर्धन्यायिक निकाय भएकाले वनको सिफारिसमा जारी भएको रेड नोटिस नै वैधानिक नभएको महासचिवायलको भनाइ थियो।

सोही कुरालाई आधार बनाउँदै बेकर र उनका वकिलले पनि ग्रिसमा नै बहस गरेका थिए। महासचिवालयले पनि बेकरको भनाइ सही भएको बताएपछि बेकर पक्राउ परेर पनि छुटेका थिए।

Xtrem

Xtrem

बेकर पक्राउ गर्न सिआइबीको यो जुक्ति
पक्राउ परेर पनि वैधानिकता नभएको भन्दै छुटेपछि बेकर पक्राउ गर्ने आधार नै बन्न नसक्ने अवस्था आएको थियो। वन कार्यालयको पत्राचारमार्फत् जारी भएको रेड नोटिसले काम नगरेपछि सिआइबीले बेकर पक्राउ गर्न नयाँ तरिका अपनाउँदै उनको फाइल जिल्ला अदालत काठमाडौंमा पठाएको हो। सिआइबी स्रोतका अनुसार इन्टरपोल महासचिवालयबाट आएको उक्त मेलको फोटोकपीसहित वन कार्यालयमा लेखी पठाएको थियो। नेपालको संविधान २०७२ जारी भएपश्चात् एक वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी कसुरको मुद्दा सम्बन्धित जिल्ला अदालतमा सर्ने कानूनी प्रावधान भएकोले यस मुद्दाको कार्यक्षेत्र पनि जिल्ला अदालत भएको प्रष्ट हुन्छ। 

सोही कानूनी आधारमा टेक्दै वन कार्यालयबाट उक्त मुद्दाको फाइल गत वर्ष जेठ १५ गते जिल्ला अदालत काठमाडौं पठाइएको थियो। जिल्ला अदालत पुगेको उक्त फाइलबाट अब रेट नोटिस जारी हुँदा वैधानिक हुने र बेकर पक्राउ परेको अवस्थामा नेपाल ल्याउन सहज हुनेछ।

डेरामा आखेटोपहार 'संग्रहालय' 
राजेश महर्जनको घर भाडामा लिएर आखेटोपहार बेकरले संग्रहालय जसरी नै राखेका थिए। उनले गैह्रीधारास्थित छेवान नोर्बु नेपालीको घरमा समेत कोठा भाडा लिएका थिए। जहाँ उनी आफू पनि बस्थे भने आखेटोपहार पनि भण्डारण गर्थे।

बेकरका फर्निचरका सामानहरु दुर्लभ वन्यजन्तुका अंग र सयौं वर्ष पुराना पुरातात्विक सामग्रीले बनेका थिए। सोफामा चितुवाको छाला, खप्पर, सिङ, जंगली जनावरका नंग्राले बैठक कोठा सजाएका थिए। उनको डाइनिङ टेबलमा बाघको छाला बिच्छ्याइएको थियो भने चितुवाको छालाको सिरानी थियो।

यतिमात्रै होइन, उनले आफूले लगाउने कपडासमेत वन्यजन्तुको छालाबाट बनेका हुन्थे। ज्याकेट, टोपी, बेल्ट दुलर्भ जंगली जनावरको छालाबाट बनेका हुन्थे। त्यस्तै वर्षौं पूराना टुडाँल, भैरव, गजुर, तोरण, मूर्ति पनि प्रहरीले फेला पारेको अभियोगपत्रमा उल्लेख छ। तर ती सामग्री घरधनी महर्जनकै भएको दाबी उनले गर्दै आएका छन्।

अभियोगपत्रअनुसार चितुवा, बेंगल टाइगर, हिउँचितुवा, क्लाउडेड लिओपार्ड, रेड पान्डा, स्याल, मार्कोपोलो सिप, तिब्बती मृग, गाउर, हिमालयन सेरा, कुट्की, बाँदरको छाला, खप्पर, बँदेलको दाह्रा र अन्य पुरातात्विक सामानसहित १ सय २२ थान सामग्री फेला पारेको थियो। तर त्यसबेलै पक्राउ परेका महर्जनले भने ती सबै सामान बेकरले नै ल्याएको दाबी गरेका थिए। 

को हुन् बेकर?
सन् १९८४ देखि २४ वर्षसम्म नेपाल बसेका व्यक्ति हुन् बेकर। उनले कला, इतिहास, साहित्य र धर्मका विषयमा अक्सफोर्ड र कोलम्बो विश्वविद्यालयमा अध्ययन गरेका छन्।  

उनी प्रख्यात लेखकसमेत हुन्। हिमाल, तिब्बती संस्कृति, इतिहास, वातावरण र कलासम्बन्धी किताब लेखेका छन्। उनको 'द हार्ट अफ द वर्ल्ड' पुस्तक प्रसिद्ध मानिन्छ। 'अ जर्नी टु द लास्ट सक्रेट प्लेस', 'सेलेस्टियल ग्यालरी', 'द तिब्बतियन आर्ट अफ हिलिङ' र 'द दलाई लामाज् सर्केट टेम्पल' लगायतका थुप्रै पुस्तक उनले लेखेका छन्। उनको पछिल्लो किताब 'तिब्बतियन योगा' हो। यो किताब सन् २०१६ मा प्रकाशित भएको थियो। उनी नेसनल जियोग्राफिक म्यागजिनका लेख लेख्ने गर्छन्। 

बेकर हिमालयन सेन्सस इन्टिच्युटका कार्यकारी बोर्ड सदस्यसमेत हुन्। साथै उनी अन्तराष्ट्रिय रुपमा वातावरण र संस्कृतिका विषयमा प्रशिक्षणसमेत दिने गर्छन्। उनी लन्डन्स् कोर्टल्ड इन्टिच्युट अफ आर्ट, द रोयल जियोग्राफिक सोसाइटी, रोयल सोसाइटी फर एसियन अफेयर्स, एसिया सोसाइटी, स्मिथसोनियन इन्स्टिच्युट र नेसनल जियोग्राफी सोसाइटीसँग पनि आबद्ध छन्। 

त्यसैगरी उनी नेसनल जियोग्राफी च्यानल, डिस्कभरी च्यानल, सिएनएन, बिबिसीलगायतका टिभी र रेडियोमा जियोग्राफीसम्बन्धी च्यानलमा आबद्ध छन्। वाइल्ड लाइफ, संस्कृतिक, पर्यटन तथा अध्यात्म क्षेत्रमा काम गरेको उनी बताउने गर्छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
गण्डकीका मुख्यमन्त्रीले दिए कांग्रेस उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्