काठमाडौं – संगीत संयोजनका कहलिएका विनोद बाजुरालीको संगीत र म्युजिक भिडियो निर्देशन रहेको गीत 'दोष कस्को' सार्वजनिक भएको छ। एकनारायण भण्डारी लेखेको गीतमा अञ्जु पन्तले स्वर भरेकी छिन्।
निकटस्थबाटै विश्वास घात हुने विषयमा लेखिएको शब्दलाई म्युजिक भिडियो दुरुस्तै उतार्ने कोशिस गरिएको छ। कतिपय विषयमा दोषी एउटा तर आरोप अर्कैलाई लगाउने गल्ती भइरहेको हुनेतर्फ म्युजिक भिडियोले इंगित गरेको छ।
प्रविधि र वर्तमान पुस्ताको विषयलाई उजागर गरिएको म्युजिक अञ्जली अधिकारी, विमल अधिकारी, ओवी रायमाझी र रविना भण्डारीको पनि अभिनय छ।
मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत शुभारम्भ डिजिटल म्युजिकले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।