• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा पनि परीक्षण हुने कोरोनाविरुद्धको खोप कहिलेसम्म बन्छ?

64x64
डिबी खड्का मंगलबार, भदौ ९, २०७७  १७:०४
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त बनाइरहेको समयमा यसविरुद्धको खोपको विकास भइरहेका खबर पनि आइरहेका छन्। चीन, रुस र बेलायतमा भ्याक्सिन विकासको काम भइरहेको छ। ती भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ। ती खोप कुन चरणमा छन्? कहिले खोप लगाएर कोरोना भाइरस सर्नबाट ढुक्क हुन सकिन्छ? आम चासोको विषय बनेको छ। 

यसैबीच नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृतिमा चीन, रुस र बेलायतमा विकासका क्रममा रहेका भ्याक्सिनको क्लिनिकल ट्रायल अगाडि बढाउन लागेको हो।

परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल हुनेछ। यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको उनी बताउँछन्।

‘भ्याक्सिनको नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न कम्पनीहरू इच्छुक भएकाले यसको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ डा ज्ञवालीले भने। 

धेरैले कोरोना भाइरसको खोप बन्नुको अर्थ प्रयोगका लागि तयार भएको बुझ्ने गरेका छन्। तर, अहिले कोरोना भाइरसविरुद्धको खोप बन्नुको अर्थ प्रयोगशाला र जनावरमा परीक्षण सफल भएर मानवमा परीक्षण गर्ने गरी तयार भएको हो। 

मानवमा भएको परीक्षणमा पास भएपछि मात्रै यो प्रयोगयोग्य हुन्छ। धेरै खोप यो चरणमा पुगेर समेत असफल हुन सक्ने जापानस्थित युनिभर्सिटी अफ नागिसाकीका सहप्राध्यापक डा श्यामप्रसाद डुम्रे बताउँछन्। उनी भन्छन्, ‘खोप बन्नु र प्रभावकारीका साथै सुरक्षित हुनु फरक कुरा हुन्। धेरै मान्छे अहिले यही भ्रममा छन्। मान्छेलाई उक्त भ्याक्सिन लगाए कोरोना लाग्दैन भन्ने स्थितिमा खोप पुगेको होइन।’ 

डा डुम्रेका अनुसार अहिले विश्वका ६ भ्याक्सिन निर्माताहरु तेस्रो चरणको परीक्षणमा पुगेका छन्। ११ भ्याक्सिन दोस्रो चरणमा छन् भने १५ पहिलो चरणमा छन्। 

उनका अनुसार अक्सफोर्ड विश्वविद्यालयको खोप सबैभन्दा अघि बढेको छ। त्यो मानवमा तेस्रो चरणको परीक्षण भइरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

खोपको परीक्षणका प्रक्रिया लामो हुन्छ। मान्छेमा लगाउँदा हुन्छ भन्ने निर्क्यौल गरिसकेपछि पनि धेरै प्रक्रिया हुने उनी बताउँछन्। मान्छेमा लगाउन मिल्ने भएपछि तीन चरणमा परीक्षण गरिन्छ। ६ वटा खोपहरूले पहिलो दुई चरण पार गरेका छन्। ती खोप अब ठूलो समुदायमा परीक्षणका क्रममा छन्। 

कहिले आउँछ त खोप?
पछिल्लो चरण नेपालमा परीक्षणका लागि अनुमति पाएका खोप परीक्षणका लागि मात्र तयार भएका हुन्। प्रयोगका लागि होइनन्। सबैभन्दा अघि बढेको भनिएको अक्सफोर्ड भ्याक्सिन ग्रुपले विकास गर्दै गरेको भ्याक्सिन पनि सन् २०२१ अक्टोबरसम्म परीक्षण नै हुने बताएको डाक्टर डुम्रे बताउँछन्। उनी भन्छन्, ‘खोप औषधि जस्तो चाँडै बन्दैन। औषधि बनाएपछि बिरामीलाई दिँदा काम गरेमा पास नत्र फेल भन्न मिल्छ। तर, खोप लगाइसकेपछि लामो समय पर्खेर हेर्नुपर्छ।’

खोपले काम गर्न सक्छ भन्ने पत्ता लागेपछि पनि लाइसेन्सिङ र नियमनका विषयले पनि उतिकै महत्व राख्ने उनको भनाइ छ। 'खोप सुरक्षित छ, काम पनि गर्न सक्छ भन्ने निश्चित भएपछि लाइसेन्सिङ हुनुपर्छ। नियमनको कुरा हुन्छ। त्यसपछि धेरै उत्पादन भएर सर्वसाधारणमा आउँछ,' डा डुम्रेले भने।   

खोप कति  प्रभावकारी छ भन्ने प्रश्नको उत्तर पनि खोज्नुपर्छ। डाक्टर डुम्रे भन्छन्, ‘कोरोनाविरुद्धको खोप लगाउँदा दुई महिना उक्त भाइरसले आक्रमण गर्न नसक्ने देखियो। दुई महिनाका लागि काम गर्ने खोप आर्थिक दृष्टिले कति सुलभ हुन्छ? लाखौं रुपैयाँ दुई महिनाका लागि तिर्न सकिन्छ कि सकिदैन? जस्ता प्रश्नहरु त्यसपछि आउँछन्। त्यसैले यो लामो प्रक्रिया हो।’ खोप सफलता उन्मुख भइरहेकाले आशावादी बने पनि अपेक्षा गरेजस्तो चाँडै तयार भएर आम प्रयोगमा आउन समय लाग्ने उनी बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कसरी बन्छ खोप?
खोपले थोरै सङ्ख्यामा भाइरसलाई हाम्रो शरीरमा पठाउँछ। खोपबाट पठाइएको भाइरससँग लड्न हाम्रो शरीरले सिक्छ। र त्यसपछि कुनै बेला त्यो भाइरस हाम्रो शरीरमा आयो भने शरीरलाई त्योसँग कसरी जुध्ने भन्ने थाहा हुन्छ।

खोपमा कमजोर बनाइएका भाइरसहरू प्रयोग गरिन्छ जसले शरीरमा पुरै सङ्क्रमण गर्न सक्दैनन्। तर नयाँ कोरोना भाइरसको लागि खोप बनाउन वैज्ञानिकहरूले फरक विधि प्रयोग गरिरहेको बिबिसीले जनाएको छ। यसको अनुवांशिक कोड थाहा भएकाले वैज्ञानिकहरूले यो भाइरस बनाउन सक्ने बताइएको छ।

केही वैज्ञानिकहरूले कोरोना भाइरसको कोडलाई अर्कै हानीरहित भाइरसमा हालेर परीक्षण गरिरहेका पनि बिबिसीले उल्लेख गरेको छ। यदि यो विधि सफल भयो भने शरीरमा हानीरहित भाइरस पठाएर कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न सकिन्छ। अन्य वैज्ञानिकहरूले भने यसको डिएनएलाई प्रयोग गरेर शरीरमा भाइरल प्रोटिन बनाउने र शरीरको प्रतिरोधी क्षमता विस्तार गर्ने विधिमा खोप विकास गर्न खोजिरहेको बुझिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १७:०४
  • #कोरोना-भ्याक्सिन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्