काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।
आयोगले कालोसूचीमा परेका कारण योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।