काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने जनाएको छ । संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले पार्टी अन्तर निर्देशन जारी गर्दै संसद, सरकार कामकार्वाहीलाई गंभीरतापूर्वक ध्यान दिने जनाएको छ।
‘यो निर्वाचन असामान्य अवस्थामा भएको थियो। विभिन्न अड्कल, आशङ्का, अनिश्चितता तथा षड्यन्त्रको पृष्ठभूमिमा सम्पन्न भएको यस निर्वाचनले लोकतन्यलाई फेरी लिकमा ल्याउने स्थिति बनाएको छ।
निर्वाचनमा राजनीतिक दलहरूले प्राप्त गरेको मत, संसदमा राजनीतिक दलले खेल्ने भूमिका र नयाा बन्ने सरकारको कामले राष्ट्र तथा राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा हामीले गम्भिरतापूर्वक ध्यान दिन आवश्यक छ’ नेकपाले भनेको छ, ‘मतदाताले दिएको अभिमत बमोजिम हाम्रो पार्टीले जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्नेछ ।’
नेकपा एकता भएपछि पार्टी सङ्गठन समायोजनको कार्य सम्पन्न गरिनसक्दै निर्वाचनमा होमिएको थियो। पार्टीको विचार, नीति, कार्यक्रम र चुनाव चिन्हसमेत जनतामा स्थापित गर्न नसकेको उसको स्विकारोक्ति छ ।
‘भाद्र २३ र २४ को घटनापश्चात् देखिएको राजनीतिक अन्यौलता र मिडिया क्षेत्रमा फैलाइएका भ्रामक तथा नकारात्मक प्रचारलाई चिर्नसमेत प्रयाप्त समय रहेन’ नेकपाको विश्लेषण छ, ‘विविध कारणले परिस्थिति हाम्रा निम्ति अनुकूल बन्न सकेन र हामीले अपेक्षा गरेअनुसारको परिणाम आएन ।’
नेकपाले निर्वाचित भएको उम्मेदवारलाई बधाइ दिंदैर् सफलताको शुभकामना दिएका छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।