काठमाडौं । नेपाली कांग्रेसले भोलि निर्वाचन आयोगमा समानुपातिक तर्फको नाम बुझाउने भएको छ।
बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले बताए।
उनका अनुसार अहिलेसम्म पठाउने व्यक्तिको नाम टुङ्गिएको छैन।
उनले भने, ‘क्लस्टर मिलाएर सबैको प्रतिनिधित्व हुने गरी मिलाएर हामीले आयोगमा नाम बुझाउने तयारी गरेको छौँ। भोलि सम्ममा पठाउँछौँ। अहिलेसम्म नाम टुङ्गिएको छैन।’
अहिले आफूहरू समानुपातिकतर्फ आयोगमा बुझाउने नामबारे गृहकार्यमा केन्द्रित रहेको बताए। प्रत्यक्षमा १८ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत ल्याएर ३८ सीट पाएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।