एजेन्सी–अमेरिकी प्रशासनले लगाएको प्रतिबन्धविरुद्ध चिनियाँ एप टिकटिक अदालत जाने भएको छ।
राष्ट्रिय सुरक्षा चासोका विषयमा अमेरिकी सरकारसँग मिलेर काम गर्ने प्रयास गरिएपनि प्रशासनले चासो नदिएको उल्लेख गर्दै टिकटकले आगामी सातासम्ममा अदालत जाने जनाएको हो।
डोनाल्ड ट्रम्प प्रशासनले आगामी सेप्टेम्बर मध्यबाट टिकटकको कम्पनी बिटडान्सलाई आर्थिक प्रतिबन्ध लगाउन निर्देशन दिएको छ। टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटालाई चीन पुर्याउने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ। तर बिटडान्सले यसलाई अस्वीकार गर्दै आएको छ।
अमेरिकामा टिकटकका ८ करोड प्रयोगकर्ता छन्।
यसअघि अर्को चिनियाँ कम्पनी टेनसेन्टको एप वीच्याटले पनि आफूलाई लगाइएको प्रतिबन्धविरुद्ध ट्रम्प प्रशासनविरुद्ध अलग्गै मुद्दा दायर गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।