• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुर समीक्षा : 'आलु जस्ता गायक'को निबुवापथ

64x64
डिबी खड्का शनिबार, भदौ ६, २०७७  १४:५२
1140x725

बिहानै युट्युबको 'ट्रेन्डिङ' चहार्दा पहिलो नम्बरमा एउटा गीत भेटियो- आलुजस्तो गायक। अपलोड भएको केही घन्टामै धेरैमाझ पुगिसकेको गीतको भिडियो हेरेपछि लाग्यो- अरे, प्रस्तोता दुर्गेश थापाको कस्तो महानता! कस्तो प्रिय आत्मस्वीकृति! सर्वगुणसम्पन्न संसारमा को छ र? आफ्नो कमजोरी स्वीकारेर सच्याउन उद्धत हुनेहरू त हुन् संसारलाई जितिरहेका। संसारको मनमुटुमा बसेका। 

केही समयअघि एक अन्तर्वार्तामा अग्रज गायकहरुको गीत गुनगुनाउँदा उनको सुरताल चिप्लिएको थियो। प्रश्नकर्ताले उनलाई गीतहरू गाउन अनुरोध गर्दा आफूलाई सहज नलाग्ने ती गीत नगाउन सक्थे। तर उनलाई आफ्नो असलीयत छल्न मन लागेन। उनले नजानेरै गुनगुनाउने कोसिस गरे। ढाँट्नु र छल्नु पो गलत त! अज्ञानी हुन त पाइयो। जानेर बिगार्नु पो अपराध त, नजानेरै कोसिस गर्न त पाइयो नि! 

हेर्ने गीतमा हिट गायक दुर्गेशलाई सुन्न चाहनेहरूको कानले सहज रूपमा स्वीकारेनन्। त्यसपछि सुरु भयो क्रिया–प्रतिक्रिया। सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टिकाटिप्पणी हुन थाले। केही नाम चलेका कलाकारहरूका प्रतिक्रिया पनि देखिए। कसैले संगीतकार आलोकश्रीले जस्तै 'उनकै संसार'मा राज गर्न छाडिदिनुपर्ने बताए। कतिले गायिका अञ्जु पन्तले जस्तै गायन क्षेत्रमै जमिरहने हो भने सुरतालको ज्ञान हासिल गर्दा सुनमा सुगन्ध हुने शुभेच्छा दर्शाए। 

'हिट' हुनु भनेको 'हटसिट'मा बस्नुसरह हो। जतिबेला पनि तातोले डाम्न सक्छ। सेलिब्रिटी भएका र हुन रहर गरेकाहरूलाई यति न्यूनतम ज्ञान त हुन्छ र हुनुपर्छ। दुई वर्षदेखि 'हाइहाइ'ले उचाइ नापिरहेका दुर्गेशलाई तातोको एक लप्काले भेटेको न हो। त्यति सहिदिँदा बाँकी समय त आफ्नो छँदैछ। आफ्नै खालको शुभेच्छुक छँदैछन्। उनीहरूले यति सजिलै मनबाट हटाउदैनन् पनि।

जब 'आलु जस्तो गायक' सुन्दै गएँ, मेरो मनमा उठेका माथिका शब्दका उछाल हराउँदै गए। जस्तो समुन्द्रको उछाल फिँजमा परिणत भएर हराउँछ। भिडियोको सुरुवात हेर्दा नै थाहा लागिहाल्यो- यो त त्यही क्रियाको प्रतिक्रिया गीत रहेछ। आलुको अर्थ दुईटा हुन्छ। एउटा शून्य र अरुसँग मिल्न सक्ने। शून्य हुनु भनेको एक हुने सम्भावना कायम रहनु त हुँदै हो, एकसँग मिलेर १० बनाउनु पनि हो। आलु अन्य तरकारीमा मिल्न सक्ने गुण भएको त भइहाल्यो, भैरव अर्यालले यसको बहुउपयोगीता माथि निबन्ध नै लेखेका छन्। दुर्गेश आलु हुन सक्छन्– किनभने उनी मोडेल चाहिँदा मोडेल फिट। अभिनेता चाहिँदा अभिनेता फिट। गायक चाहिँदा गायक फिट। शब्द र संगीत पनि उनी गर्छन्। 

उनले बिम्वित गरेजस्तै उनी 'आलु जस्ता गायक' हुन्। सबतिर फिट मात्रै होइन, मिलनसार पनि। तर गीत सुन्दै जाँदा यी आलु जस्ता गायक 'निबुवापथ'तर्फ पो उन्मुख हुन थाले कि भन्ने महसुस हुँदै गयो। 

अज्ञानता गलत होइन, थिएन। तर अज्ञानलाई महानता ठान्न थालियो भने चाहिँ गल्ती हुन्छ। अज्ञानताले सिक्न अभिप्रेरित गर्छ तर अभिमानले अर्को कमजोरी उत्खनन गर्न अभिप्रेरित गर्छ। 'जस्तालाई त्यस्तै गर्नुपर्छ' भन्ने ठान्ने दुनियाँलाई मन पर्ला र परेकै छ। तर शुभेच्छुक हुनुका नाताले मनभित्र पसेर घाइते बनाउनु पर्ने संगीत विधामा दाह्रा किटेर प्रस्तुत हुनुअघि चाहिँ सोचेको भए हुन्थ्यो भन्ने गीत हेरेपछि लागिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो अन्तरा छ– 

न मेरी आमाले स्कुल देखेको 
न मेरो बाबाले गीत लेखेको
काँबाट सिक्नु खै मैले सुरताल

यो सुरताल सिकेको भए हुन्थ्यो भनेर मनोकांक्षा राख्नेलाई जवाफ थियो। तर सुरताल जान्नका लागि आमाले स्कुल गएको र बुवाले गीत लेखेको नै हुनुपर्ने भन्न चाहिँ कसरी सकियो? एक गाउँमा जन्मेको मान्छेका सीमितता र संघर्ष देखाउन खोजिएको होला। तर, यति गाउनुअघि तपाईंकै धेरै सरसंगत रहेको लोकगीतका वर्तमान दुई हस्ती विष्णु माझी र राजु परियारको पृष्ठभूमि हेरेको भए भइहाल्थ्यो नि! 

अस्ति भर्खरै मात्र नेपाल आइडल जितेका रवि ओड र इन्डियन आइडल जितेका सनी हिन्दूस्तानी हेरेको भए भइहाल्थ्यो। तपाईंको त बरु कोही थिए। तपाईंका दाइ वसन्त थापाको को थियो र? दाइको संघर्षको फल बरु तपाईंले चाखेको कुरा आफैं बताइरहनुहुन्छ।

स्थायी छ-

नगर सवाल, हो हो माले भन्ने मान्छे गायक भो बबाल। 

जनकवि केशरी धर्मराज थापालाई ढाल बनाइएको छ र दुईटा सन्देश पस्किन खोजिएको छ। एक, गाउँमा गोठालो हुनपर्ने मान्छे 'बबाल गायक भएँ, यही ठूलो हो' भन्ने अभिमान प्रकट भएको छ। अर्को 'हो हो माले' गाउने मान्छे हिट छ, तिमीहरु सुरतालका कुरा गर्छौ, भनेर सवाल गर्नेलाई चुप लगाउन खोजिएको छ।

सर्जक आफैं सवाल हो। ऊ सिर्जनामार्फत् समाज र राज्यसँग निरन्तर सवाल गरिरहेको हुन्छ। दुर्गेशलाई हिट बनाउने दुई गीतमा समाज र राज्यमाथिका सवाल छन्। अघिल्लो वर्ष महिलालक्षित चाड तीजमा बीच्चबीच्चमा हामी केटा नाच्नुपर्छ भनिएको थियो। चाड वा रमाइलोमा किन लैङ्गिक विभेध? भन्ने सवाल थियो। धेरैले मन पराए। यसपल्ट बेसारमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य त थियो नै। सवाल नै सवालले भरिपूर्ण पनि थियो। नभए फेरि एकपल्ट गायक आफैंले सुने हुन्छ। अरुमाथि सवाल उठाइरहने अनि आफूमाथि 'नगर सवाल' भन्ने प्रवृत्तिको चाहिँ दबाइ के होला?

अर्को अन्तरा छ-

न वनको कोइलीले सरगम जान्दछ
न कागले आफूलाई कमजोर ठान्दछ

शिक्षित हुनु र ज्ञानी हुनु फरक कुरा हुन्। उहिलेका ऋषिमुनिहरूले पिएचडी गरेका थिएनन्। लोकदोहोरीमा थुप्रै कोइलीहरु छन्, सरगम नजानेका तर मीठो गाउने। काग त गायनको विम्बका रुपमा प्रयोग भएको यही गीतमा सुनेको हो। यसबाहेक प्रकृतिको धुन कर्णप्रिय त्यतिबेला मात्रै सुनिन्छ, जतिबेला ऊ आफ्नो सुरमा हुन्छ र शान्त हुन्छ। जब खोला बाढी हुन्छ, त्यसको धुन कति कहाली लाग्दो हुन्छ? जब हावाहुरीमा परिणत हुन्छ, त्यसको संगीत कति डरलाग्दो हुन्छ। 

सुरतालमा रहनु भनेको अनुशासनमा रहनु पनि हो। लयमा चल्नु भनेको सही बाटोमा हिँड्नु पनि हो। चर्चित हुनु र लोकप्रिय हुनु फरक कुरा हुन्। यो श्रुति भन्दा पनि प्रस्तुतिको युग हो। समय यस्तो चलिरहेको छ कि, यो युगमा जन्मेका भए नारायण गोपाललाई नारायण गोपाल हुन मुस्किल पर्थ्यो। यो युग तपाईंहरूको हो। तर हजुरबा पुस्ताका नारायण गोपालले अझै साझेदारी गरिरहेका छन्। गीत सुन्न चाहनेका लागि उनी युगौंयुग प्रिय रहनेछन्। त्यसैले मनोरञ्जन प्रदान गर्नु र गीत गाउनु बीच भिन्नता हुन्छन्। दर्शनीय गीतले श्रवणीय गीतलाई तत्कालीन समयमा मात खुवाउलान्। आयु श्रवणीय गीतकै हुन्छ। 

यो गीत सुनेपछि मन अमिलो भइरहेको छ। त्यही अमिलो अलिकति पोखियो होला। त्यसैले प्रिय प्रस्तोता दुर्गेश, आलुजस्तै रहनू, निबुवा नहुनू।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? सोमबार, असोज ५, २०८३
एलपीजी ग्यास अभावको कारण पहिचान गर्न फिसबोन डायग्राम प्रयोगमा, छिट्टै समाधान हुने मन्त्री साहको दाबी सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग सोमबार, असोज ५, २०८३
नेपालबाट बिदा हुँदै भारतीय राजदूत श्रीवास्तव, सभामुखसँग गरे भेटवार्ता सोमबार, असोज ५, २०८३
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्