एजेन्सी-डेंगु र जिका भाइरस फैलाउने लामखुट्टेको संख्या कम गर्न अमेरिकाको फ्लोरिडामा आनुवंशिक रुप बदलिएका ७५ करोड लामखुट्टे छाडिने भएकाे छ। डेंगु र जिका भाइरस फैलाउने लामखुट्टे कम गर्न यसाे गर्न लागिएकाे अधिकारीहरुले जनाएका छन्।
पर्यावरण संगठनहरुले गलत नतिजा आउनसक्ने चेतावनी दिएका कारण यो योजनालाई मूर्त रुप दिनुअघि यसबारे धेरै बहस भएको थियो । उनीहरुले यसबाट कीटनाशक प्रतिरोधी लामखुट्टे उत्पादन हुने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो योजनामा सहभागी भएको कम्पनीले भने पर्यावरणमा कुनै पनि असर नपर्ने दावी गरेकाे छ। यो योजना २०२१मा फ्लोरिडा किजमा लागू गर्ने योजना बनाइएको छ ।
गत मेमा बेलायतस्थित कम्पनी ओक्सिटेकको अमेरिकी पर्यावरण एजेन्सीले आनुवंशिक रुप बदलिएको नयाँ एडिज एजेप्टाई लामखुट्टे बनाएकाे थियाे। यो लामखुट्टेको नाम OX5034 दिइएको छ । जिका भाइरसजस्ता रोग फैलाउने लामखुट्टेलाई नास गर्न यो लामखुट्टे उपयोगी हुने उनीहरुको दावी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।