एजेन्सी–टर्कीका राष्ट्रपति रेसेप तायिम इर्दोगानले ब्ल्याक सीमा हालसम्मकै ठूलो प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको दाबी गरेका छन्।
इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘फतेह’ नामको ड्रिलिङ जहाजले ३२० अर्ब क्युबिक मिटरको प्राकृतिक ग्यास भण्डार पत्ता लगाएको बताएका हन्। यो टर्कीको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको बताइएको छ।
उक्त क्षेत्रमा थप ग्यास भण्डारको खोजी हुने पनि उनले बताए। इर्दोगानले ब्ल्याक सीको ग्यास सन् २०२३ सम्म उपयोग गरिने बताए।
यसबाट टर्कीलाई प्राकृतिक ग्यासका लागि अब रुस, इरान र अजरबैजानमा निर्भर रहनुपर्ने छैन। टर्कीका ऊर्जामन्त्री फतेह दोनमेजले आफ्नो मुलुकको यो सफलता नवौंपटकको ड्रिलिङपछि प्राप्त भएको बताए।
फेला परेको भनिएको ग्यास समुद्रको २१०० मिटर तल रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।