एजेन्सी–अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह भएको छ। विद्रोही सैनिकहरुले राष्ट्रपति इब्राहिम बुबाकार केटा तथा प्रधानमन्त्री बोबु सिसेलाई पक्राउ गरेका छन्।
सैनिक विद्रोहको सुरुवात राजधानी बामाकोनजिक एउटा प्रमु सैन्य क्याम्पबाट सुरु भएको थियो। बामाकोबाट १५ किलोमिटर दूरीमा रहेको उक्त क्याम्पमा असन्तुष्टि जुनियर अधिकृतहरुले कमाण्डरलाई हिरासतमा लिएपछि क्याम्प कब्जा गरेका थिए।
त्यसपछि युवाहरुले सहरका सरकारी भवनमा आगोसमेत लगाएका थिए। केही समयदेखि राष्ट्रपतिको राजीनामा माग गर्दै मालीमा विरोध प्रदर्शन हुँदै आएको थियो।
यसैबीच, हिरासतबाटै टेलिभिजन सम्बोधन गर्दै राष्ट्रपति केटाले संसद तथा सरकार विघटन गर्नुका साथै आफूले पनि राजीनामा दिएका छ्न्। उनले आफूले आफूले रक्तपात नचाहेकाले राजीनामा दिएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।