काठमाडौं– लोक संगीतका परिचित सर्जक शिव सुवेदी लामो समयपछि नयाँ सिर्जना लिएर आएका छन्। दशजना लोक कलाकारको स्वरमा उनले 'गरिबको गीत' भनेर 'अत्ति भयो अत्ति' सार्वजनिक गरेका छन्।
स्वीट्जरल्यान्डमा सिस्मोलोजी अध्ययन गरिरहेका उनले देशको वर्तमान अवस्थालाई चित्रण गरेका गीत लेखेका छन्। नेपालमा हाल चलिरहेको 'इनफ इज इनफ' अभियान उनको गीतको आधार बनेको छ।
सुवेदीको शब्द र लय रहेको गीतमा कलाकारहरु कुलेन्द्र बिक, सम्झना भन्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमल पोखरेल, नरेश खाती र टीका सानुको स्वर रहेको छ।
अर्जुन पोखरेलको संगीत संयोजन रहेको गीत स्टुडियो मालश्रीमा रेकर्ड भएको हो। गीतको भिडियो निर्देशन विनोद भण्डारीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।