काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक क्विके सेटियनलाई बर्खास्त गरेको छ। च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँग ८–२ ले हारेको बार्सिलोना यो सिजन उपाधिविहीन रह्यो।
बार्सिलोना ब्यवस्थापनको बैठकले सेटियनलाई बर्खास्त गरे पनि नयाँ प्रशिक्षकको नियुक्तिमा केही समय लाग्ने बताइएको छ। सेटियनको स्थानमा नेदरल्याण्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानलाई ल्याउने तयारी भइरहेको छ। कोम्यान सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाकै खेलाडीसमेत थिए।
बर्खास्तमा परेका सेटियन बार्सिलोनामा सात महिना मात्र रहे। सिजनको बीच समय जनवरीमा नियुक्त भएका उनले बार्सिलोनामा २५ खेल मात्र खेलाउन पाए। जसमा १६ जित, ४ बराबरी र ५ हार भोगे।
यस्तै ब्यवस्थापनको बैठकले जुनमा हुने भनिएको बोर्डको चुनाव मार्च १५ मा हुने तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।