• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २७, २०८२ Mon, Oct 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

चुपचाप छन् मेस्सी

64x64
ऋग्वेद शर्मा सोमबार, भदौ १, २०७७  १५:०५
1140x725

काठमाडौं- हार सबै उस्तै नहुने रहेछ। फुटबलमा क्रिकेटको जस्तो अंकमा हार भोग्नु असाध्यै दुःखद हो। अझ इतिहासदेखि अब्बल बनिरहेको क्लबका लागि त भुलाउनै नसक्ने विषय। यसैले त च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकसँगको हारले बार्सिलोना मन पराउनेलाई नमेटिने दुःख लागेको छ।

हारको पीडाको मापन त नहोला तर बायर्नसँगको आठ गोलले सबैभन्दा बढी चोटमा छन्- कप्तान लियोनल मेस्सी। मेस्सीले धेरै अघि भनेका थिए- ‘यही शैलीमा खेलेमा च्याम्पियन्स लिग जित्न सक्दैनौँ।’ तर जित्न नसक्नु र इतिहासकै कमजोर हार हुनु अझ भिन्न बनिदियो। 

च्याम्पियन्स लिगको कमजोर उपस्थितिले पछिल्ला वर्ष आलोचित हुने गरेको बार्सिलोना अहिले सबैतिर कमजोर बनिरहेको छ। खेलाडीहरुको मनोबल, प्रशिक्षकको योजना र ब्यवस्थापनका कमजोरीहरु देखिने गरी छताछुल्ल छन्।

२६ पटक ला लिगा र पाँच पटक च्याम्पियन्स लिग जितेर बलियो देखिएको टिमका लागि यो अवस्था सहज छैन। २०१५ को सिजन च्याम्पियन्स लिग जितेको बार्सिलोना त्यसपछि उत्कृष्ट देखिन सकेको छैन। ला लिगामा २०१० पछिको अवस्था हेर्दा बार्सिलोनाले ६, रियल मड्रिडले ३ र एथ्लेटिको मड्रिडले एक उपाधि जितेका छन्।

गएका वर्ष च्याम्पियन्स लिगको कमजोर उपस्थितिमा पनि लिगको उपाधिले सान्त्वना मिल्ने ठाउँ भइरहेको थियो। तर अहिले खेलाडीहरु नै लिग उपस्थितिमा पनि निराश देखिन्छन्। त्यसका पछाडिका कारणहरु जे जति भए पनि मैदानको कमजोर उपस्थिति नै प्रमुख कारण हुँदै हो। मैदानको अवस्थामा ब्यवस्थापनका कमजोरी लुकेका छन्। 

कतिसम्म भने हरेक सिजन गोलमा उत्कृष्ट देखिने बार्सिलोना कप्तान लियोनल मेस्सीसमेत कमजोर देखिन थालेका छन्। अन्य खेलाडीको तुलनामा मेस्सीको अहिलेको प्रदर्शन पनि उत्कृष्ट हो तर उनीबाट अपेक्षा योभन्दा धेरै बढी रहन्छ। गर्दै आइरहेका पनि थिए।

यसअघि २०१३-१४ को सिजन मेस्सीका लागि सबैभन्दा खराब समय मानिन्थ्यो। जब कि टाटा मार्टिनोको प्रशिक्षणमा त्यो सिजन मेस्सीले ४१ गोल गरेका थिए। अहिलेको सिजन मेस्सीले ३१ गोल गरे। उनको २६ असिस्टले उत्कृष्ट समय देखाए पनि गोलमा बढ्ने मेस्सीको क्षमतामा टिमको भूमिका देखिँदैन। पेप गार्डिओलाको पहिलो प्रशिक्षणमा ३८ गोल गरेका मेस्सी यो सिजन त्यही आँकडामा पनि पुगेनन्। 

Ncell 2
Ncell 2

बार्सिलोनाको अवस्था सुधार्न सिजनको मध्यमा ल्याइएका प्रशिक्षक क्विके सेटियनले आफ्नो भूमिका देखाउन सकेनन्। प्रशिक्षक एर्नेस्टो भालभर्देलाई जे कारण परिवर्तन गरिएको थियो त्यो सेटियनबाट पूरा भएन। त्यसमा पनि खेलाडीसँगको बिग्रदो सम्बन्ध थप चिन्ताको विषय रह्यो।

बार्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउ प्रशिक्षक सेटियनसँग खुसी हुन सकेका छैनन्। समर्थकहरु अध्यक्ष बर्टामेउको कामसँग खुसी छैनन्। खेलाडी किनबेच र टिम बनाउने बार्सिलोनाको योजना फितलो देखिएको छ। युवा खेलाडीहरुको प्रयोगमा भइरहेको काम प्रभावकारी हुन सकेको छैन। यो सबैमा बढेको समस्या खेलाडी र प्रशिक्षक टिमबीचको दुरी पनि हो। अहिले पनि ब्यवस्थापन प्रशिक्षकलाई बर्खास्त गरेर आफूहरु जोगिने उपायमा छन्। 

जे भयो त्यसमा दोष सेटियनको मात्र छैन। उनलाई नियुक्त गर्दा नै उनी बार्सिलोनाको सूचिमा चौथो रोजाइँमा थिए। सेटियन आफ्नो प्रशिक्षणमा च्याम्पियन्स लिगमा तेस्रो खेलमा मात्र थिए। मैदानमा देखिएको अवस्था राजनीतिले गालेको बार्सिलोना ब्यवस्थापनको छाया मात्र हो। 

पछिल्लो समय देखिएका अवस्थाले बार्सिलोनामा खेलाडीहरु संकटको छायामा छन्। जसबाट बाहिर निस्कन भइरहेका धेरै विषयहरु फेरिनुपर्ने देखिन्छ। त्यसको सबैभन्दा ठूलो मारमा छन् मेस्सी। 

स्पेनिस रेडियो स्टेसन क्याडेना सेरका अनुसार बार्सिलोना कप्तान लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा आनाकानी गरिरहेका छन्। अनावश्यक हल्लाले दिक्दार भएका मेस्सी क्याम्प नाउमा देखिएको कमजोर अवस्थाले समस्यामा छन्। ब्यवस्थापनसँगको उनको सम्बन्ध पनि सुमधुर छैन। 

हल्ला पनि यस्ता छन् कि मेस्सीले नै क्लब चलाइरहेका छन्, प्रशिक्षक राख्ने र फाल्ने काममा उनी सफल छन्, को खेलाडी ल्याउने र को खेलाडी खेलाउने उनकै योजनामा रहन्छ। यस्ता हल्लासँगै क्लब ब्यवस्थापनको खेलाडी किनबेचको कामले पनि मेस्सीमा चिन्ता थपिरहेको छ। जसको असर मैदानमा देखिन्छ। बायर्नसँगको खेलपछि फेरि उनले बार्सिलोना छाड्न चाहेका खबर बढिरहेका छन्।

मेस्सी के गर्दैछन् भन्ने कुरा उनीबाटै थाहा पाउन मुस्किल छ। यसै पनि कम बोल्ने मेस्सी विवादमा आएका विषयमा त झन मौन प्राय रहन्छन्। १३ वर्षको उमेरमा बार्सिलोना आउँदादेखि अहिले विश्व उत्कृष्ट खेलाडी बन्दासम्म मेस्सीले मुस्किलले केही पटक सार्वजनिक रुपमा बोलेका छन्। यसैले ६ पटकका बालोन डिओर विजेताबारे आएका खबर काम नहुँदासम्म पुष्टि हुँदैनन्।

बार्सिलोनामा अहिले देखिएका समस्याहरु यस्ता छन् जसको समाधान सहज छैन। पहिलो त बर्सिलोना अध्यक्ष जोसेप मारिया बर्टामेउले गरेका वाचाहरु पूरा हुन सकेका छैनन्। जब कि ‘हामी नेमार ल्याउन लागिपर्नेछौँ’ भन्ने उनको अभिव्यक्ति यस्तो बेला आएको थियो जतिबेला क्लब ग्रिजम्यान ल्याउने योजनामा पक्का भइसकेको थियो। 

त्यसका साथै ‘हामी एर्नेस्टो भालभर्देको स्थानमा जाभी ल्याउनेछौँ’ भन्ने उनको अभिव्यक्तिले नै यस्तो हल्ला चल्यो जसका कारण जाभी आउन सकेनन्। अहिलेकै अवस्थामा क्लबसँग काम गर्न जाभी इच्छुक देखिएनन्।

यसअघि अन्तिमपटक क्लबसँग गरेको सम्झौतामा मेस्सीले सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा पनि समावेश गरेका थिए। त्यतिबेला मेस्सी क्याटालोनियामा खुसी थिए। क्लबमा भइरहेका कामले चित्त दुःखे पनि छाडिहाल्ने मनस्थितिमा थिएनन्। तर मेस्सीले छाड्न सक्ने विषयले ब्यवस्थापनलाई केही चनाखो भने बनायो।
मेस्सीको एउटै चाहना युरोपियन प्रतिस्पर्धामा बार्सिलोना राम्रो होस् भन्ने नै हो। जहाँ मेस्सीले नै आफ्नो भविष्य असुरक्षित ठानिरहेका छन् भने त्यहाँ अन्य विषयहरु गौण हुन्छन्। त्यसको समाधानमा हरसम्भव लाग्न क्लबलाई बाध्यता आइपर्छ।

अहिले पनि बार्सिलोनामा नयाँ सम्झौतामा मेस्सी राजी नहुनुको कारण मैदानबाहिर भन्दा मैदानमा देखिएको अवस्था नै कारक छ। भलै मैदानको कमजोर अवस्थापछिको कारण भने मैदानबाहिरको अवस्था नै हो। मैदानमा पनि सेटियनको शैलीसँग असन्तुष्ट हुने खेलाडीको संख्या बढीरहेको छ।

सबैका बीच खेलाडीहरुमा जति विश्वासको कमि देखिएको छ त्योभन्दा बढी ब्यवस्थापनमा देखिन्छ। प्रशिक्षक नियुक्तिका बेला होस्, खेलाडी किनबेचका बेला होस्, नयाँ सम्झौताको समय होस् शंका मेस्सीमाथि रहन्छ तर ब्यवस्थापन काम बिगारिरहन्छ।

यसअघि पनि मेस्सीले बार्सिलोना छाड्न चाहेका बेला उनलाई क्लबमा नै राख्ने वातावरण बनाउन ब्यवस्थापन उनीसँगको छलफलमा केही अघि बढेको पक्कै हो। त्यसको एउटै कारण उनी उत्कृष्ट खेलाडीका साथसाथै क्लबको व्यापारका लागि उत्कृष्ट माध्यम पनि हुन्।

बार्सिलोनामा मेस्सीको सुरुवाती दिनहरुमा जब उनले प्लेइङ सेटमा राम्ररी ठाउँ पाइरहेका थिएनन्, इटालियन क्लब इन्टर मिलान उनलाई किन्न नजिक पुगिसकेको थियो। त्यतिबेलै उनको १ सय ५० मिलियन युरो तिर्न तयार रहेको मिलानले तलबसमेत तेब्बर गर्ने आश्वासन दिएको थियो। तर त्यसबेलाका बार्सिलोना अध्यक्ष योआन लापोर्ताको सुझबुझपूर्ण कामले मेस्सी रोकिए।

कर छलीका विषयमा एक सयम लगातार जस्तो मेस्सीमाथि भइरहको आक्रमणका दौरान पनि मेस्सीले बार्सिलोना छाड्ने सोचिरहेका थिए। त्यसबेला बार्सिलोना मात्र होइन उनी स्पेन नै छाड्न चाहन्थे। जसको समाधान भएपछि उनी पुरानै अवस्थामा मैदान फर्किन सकेका थिए। त्यसबेला पनि मेस्सी लैजान विश्वका जुनसुकै क्लब तयार थिए। 

अहिले देखिएको अवस्था र मेस्सीले क्लब छाड्दैछन् भन्ने हल्ला तेस्रोपटक हो। यसपटकको कारण भने ब्यवस्थापनको कार्यशैली र कमजोर हारभन्दा बाहेक अर्को केही होइन। अहिले पनि मेस्सीले क्लब छाड्दैछन् भन्ने खबरहरु बाहिरिरहँदा युरोपका ठूला क्लबहरु उनलाई भित्र्याउने दौडमा लागिसकेका छन्। 

पछिल्लो परिस्थितिमा इन्टर मिलानबाट स्ट्राइकर लाउटारो मार्टिनेज ल्याउने योजना पनि अस्पष्ट हुँदै गइरहेको छ। माथिल्लो स्तरमा राम्ररी प्रतिस्पर्धा गर्ने हो भने मार्टिनेजकै स्तरका स्ट्राइकरको आवश्यकता बार्सिलोनामा देखिन्छ पनि। तर ग्रिजम्यान र कोउटिन्होको प्रयोग नै राम्ररी गर्न नसकेको क्लबमा नयाँ खेलाडी समाधान होइन। 

अर्को उपाय पुरानो अवस्थामा सुधार गर्न जाभी या उनको स्तरका कोही नयाँ प्रशिक्षकको नियुक्ति पनि हुन सक्दछ। जसले नयाँ खेलाडीमाथिको विश्वास बढाएर प्रतिस्पर्धी टिमको आत्मविश्वास बढाउन सक्छन्। 

यसैले २०२१ मा हुने बार्सिलोना बोर्डको चुनावमा अध्यक्षका प्रत्याशी गरेका भिक्टर फोन्ट आफू अध्यक्ष भएमा पहिलो काम नै जाभीलाई प्रशिक्षकका रुपमा ल्याउने बताइरहेका छन्। त्यसका साथै अहिले कुनै पनि हालतमा मेस्सीलाई क्लब छाड्न दिन नहुने पनि उनको भनाइ छ। 

यिनै कारणहरुले मेस्सीसमेत निराश रहेको बार्सिलोना सुधारको अपेक्षा अब नयाँ ब्यवस्थापन आएपछिलाई नै थाँति देखिन्छ। त्यसमा प्रशिक्षकका रुपमा जाभी नै आए भने पुरानो शैली र खेलाडीसँगको सम्बन्ध पनि सुधार हुने आश बढ्छ नै। यसैले अहिले मेस्सीले के गर्छन् भन्ने कुरा भविष्यसँग जोडिएको छ। 

३३ वर्षका मेस्सीसँग अब फुटबलका लागि धेरै समय बाँकी छैन। एक दशक फुटबलको केन्द्रमा रहेका खेलाडीको अन्तिम-अन्तिम वर्ष यसरी खल्लो हुनु नमज्जा बनिरहेको छर यसैले यसअघि चलेका हल्लाभन्दा अघि अहिले मेस्सीले क्लब छाड्ने खबर देखिन्छ। दयनीय र लाजमर्दो हारपछि त्यो अस्वभाविक पनि लाग्दैन। 

आउने सिजनका लागि बार्सिलोनाले खेलाडी परिवर्तनको लामो सूचि बनाइसकेको छ। डिफेन्डर जेरार्ड पिके जस्ता खेलाडीले पनि क्लबका लागि सहज हुन्छ भने आफू छाड्न तयार रहेको बताइरहेका छन्। त्यसरी क्लबमा मेस्सी, फ्रान्की डि योङ, टेर स्टेगेन, अन्सु फाती र रिकी पुइच बाहेक अरुको अवस्था सहज छैन। जहाँ मेस्सीको पनि सोच स्पष्ट छैन। 

च्याम्पियन्स लिगमा रोमा र लिभरपुलसँगको हार जस्तो बायर्नसँगको हार होइन। यसले सिर्जित भूकम्प बार्सिलोनाका लागि नयाँ निर्माणको अवसर पनि हो। तर त्यसमा मेस्सी बिनाका वर्षहरु खल्लो हुने डर बढी छ। नेमार ल्याउन मेस्सीले पछिल्लो समय गरिरहेको आग्रहमा ब्यवस्थापनले काम गर्न नसक्दा पनि उनी दुःखी छन्। २००६-०७ को सिजनदेखि अहिले नै पहिलोपटक मेस्सी उपाधिविहीन भएका छन्। 

यो पनि पढ्नुहोस्

मेस्सी : जसले खेललाई कला बनाएबुधबार, असार १०, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय पक्राउ सोमबार, असोज २७, २०८२
रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्