Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मेस्सी : जसले खेललाई कला बनाए

64x64
ऋग्वेद शर्मा बुधबार, असार १०, २०७७  १४:५१
1140x725

काठमाडौं- लियोनल मेस्सीले मैदानमा देखाउने कलालाई ब्याख्या गर्न उनको खेल बुझ्न जत्तिकै कठिन छ। मेस्सी खेललाई रोमाञ्चक रुपमा प्रस्तुत गर्छन्। जितको आधार तयार गर्छन्। मैदानमा विपक्षीलाई समेत प्रभावित पार्न सक्ने क्षमता उनमा देखिन्छ। मैदानमा मेस्सी हुनु र नहुनुको फरक दर्शकले नै स्पष्ट देख्छन्। 

सन् १९८७ मा आजकै दिन फुटबल स्टार लियोनल आन्द्रेस मेस्सी क्युसिटिनीको जन्म भएको थियो। बाल्यकाल कठीन रहेका मेस्सीले स्पेनिस टिम बार्सिलोनामा स्थान बनाएपछि उनको फुटबल यात्राले उचाइ लिँदै गयो। १३ वर्षको उमेरमा अर्जेन्टिनाबाट स्पेन गएका मेस्सी आजको समयमा पुग्न मेहनत सानो छैन। 

त्यही समय युवा मेस्सीमा खास गुण छ भन्ने बुझेरै बार्सिलोनाले उनीमाथि खर्च गरेको थियो। बार्सिलोनाले त्यो समय नियालेको मेस्सीको खेल कौशल अहिले विश्वले चिनिरहेको छ। यसैले विश्व फुटबलमा उत्कृष्ट खेलाडीहरुमा मेस्सीको नाम छ। 

मेस्सीको खेलले फुटबलमा नयाँ पुस्ताले उर्जा पाएका छन्। दर्शकहरु खेलको सुन्दर पक्षसँग परिचित भएका छन्। मेस्सी अहिलेको कीर्तिमानी खेलाडी हुनुभन्दा अघिदेखि नै उनको प्रभाव विश्व फुटबलमा देखिएकै हो। उदाहरणका लागि अहिलेका चलेका खेलाडीहरु पाउलो डिबाला, थियागो अल्कान्टारा, पोउल पोग्बा, नेमार जस्ता खेलाडीले आफूमाथि मेस्सीको प्रभाव खुलेर बताइरहेकै हुन्थे। 

मेस्सीलाई देख्दा लाग्छ उनी चाहेको कुरा पूरा गर्छन्। मैदानमा उनी रहँदा फुटबल खुट्टामा टाँसिएको जस्तो लाग्छ। कलात्मक रुपमा बल बढाउने र गोल गर्ने उनको शैली विश्व फुटबलमा भिन्न छ। उनी स्वयम गोलकर्ता मात्र देखिँदैनन् खेलको योजनाकार जस्ता लाग्छन्। यसैले पनि उनी दर्जनौँ कीर्तिमान बनाउन सफल छन्। 

मेस्सीले गरेका गोल, गोलका लागि बनाएका अवसर र व्यक्तिगत अवार्ड र टिमका लागि जितेका सबै उपाधिलाई पन्छाएर हेर्ने हो भने पनि उनको फुटबल कला मात्रैले उनको शैलीमा फुटबल समर्थक मुग्ध हुन सक्छन्। 

यसैले त मेस्सीले खेललाई कला बनाएका छन्। पूर्व फुटबल ग्यारी लिनेकरलाई जस्तै फुटबल गहिरिएर हेर्नेहरुलाई लाग्छ- ‘मेस्सीले कसरी त्यसो गरिरहेका छन्? कतिसम्म भने मेस्सीको गजव कला हेर्न तपाइँ फुटबलकै समर्थक नभए पनि रमाइलो मान्नुहुनेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो लाग्छ मेस्सी आफै मैदानमा खेलिरहेको खेल पनि उनी आफैले कतै बसेर नियालिरहेका छन्। गोलमा बढ्ने शैली र उनले दिने पासहरुले भिन्न बनिरहेका हुन्छन्। उनको तिब्रताका बीच पनि निर्णय लिने क्षमता अब्बल देखिन्छ। 

यस्ता धेरै कारणहरु छन् जसले अब केही वर्ष मात्र फुटबलमा देखिन सक्ने मेस्सीको शैलीको सक्दो मजा समर्थकले लिनेछन्। लिन पाउने छन्। उनले फुटबल मैदानमा उज्यालो पारेको खुसीलाई महसुस गर्नेछन्। महसुस गर्न पाउने छन्। शंकाहरुलाई गलत तुल्याइरहेका हुनेछन्। देख्न पाउने छन्। 

ला लिगा इतिहासमा सर्वाधिक गोल र ह्याट्रिक
ला लिगामा दुई सयभन्दा धेरै गोल गर्ने खेलाडीहरु नौ जना छन्। ती नौ खेलाडीमा तीन सय गोल कटाउने खेलाडी दुई जना छन्। जसमा चार सय गोल कटाउने खेलाडी एक जना मात्र छन्। यसैले सजिलै तोडिन असम्भव जस्तो लाग्ने ला लिगामा सर्वाधिक गोलको कीर्तिमान मेस्सीको नाममा छ। 

Xtrem

Xtrem

ला लिगामा ३३ वर्षका मेस्सीले ४ सय ७७ खेलमा ४ सय ४० गोल गरेका छन्। जुन उनीपछि रहेका क्रिष्टियानो रोनाल्डोको भन्दा १ सय २९ गोलले बढी हो। जहाँ रोनाल्डोले खेल संख्या २ सय ९२ रहेको छ। 

२००४ देखि बार्सिलोनाको औषतमा हेर्दा मेस्सीले खेलमा ०.९२ को अनुपातमा गोल गरिरहेका छन्। ला लिगामा सर्वाधिक खेल खेल्ने खेलाडीको तालिकामा पनि मेस्सीभन्दा अघि दुई खेलाडी मात्र छन्। ला लिगामा मेस्सीको ह्याट्रिकको संख्या ३६ रहेको छ। 

एक वर्षमा सर्वाधिक गोल
मेस्सीको नाममा रहेर तोडिन असम्भव जस्तो लाग्ने अर्को कीर्तिमान एक वर्षमा उनले गरेको गोल संख्या हो। सन् २०१२ मा मेस्सीले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनी राष्ट्रिय टिमबाट १२ गोल गरेका थिए। 

जुन वर्ष मेस्सीको ९१ गोल कीर्तिमानी रह्यो। जुन सन् १९७२ मा जर्ड मुलरले ८५ गोल हानेर बनाएको कीर्तिमान तोडिएको थियो। 

प्रशिक्षक पेप गार्डिओलाको समयमा एक सय अंक बनाएर ला लिगाको उपाधि जितेको त्यो बेला मेस्सीको खेल लय लोभलाग्दो थियो। जुन वर्ष बार्सिलोनाको ७९ गोलमा मेस्सीले ला लिगामा ५९, च्याम्पियन्स लिगमा १३, कोपा डेल रेमा ५ र स्पेनिस सुपर कपमा २ गोल गरेका थिए। 

९१ गोल गरेको त्यो वर्ष मेस्सीले २४ गोलको लागि अवसर बनाएर गोल र असिस्टको संख्या १ सय १५ पुर्‍याएका थिए। 

बालोन डि’ओर र युरोपियन गोल्डेन बुट
विश्व फुटबलमा व्यक्तिगत रुपमा दिइने अवार्डमा विशेष रुपमा हेरिने बालोन डि’ओरमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको प्रतिस्पर्धा जस्तै देखियो। गएको वर्ष मेस्सीले जित्नुअघि दुवै खेलाडीले समान पाँच पटक बालोन डि’ओर जितेको थिए। 

जसमा मेस्सीले २००९, २०१०, २०११ र २०१२ मा लगातार चार पटकसहित २०१५ र २०१९ मा बालोन डि’ओर जिते। जसले विश्व फुटबलमा उत्कृष्ट खेलाडीको बहस गर्नेहरुका लागि मेस्सीलाई एक कदम अघि देखाउन तर्क मिल्यो। 

यस्तै मेस्सीले युरोपियन फुटबलमा सर्वाधिक गोल्डेन बुट जित्ने कीर्तिमान पनि बनाएका छन्। युरोपियन लिगमा हरेक सिजन सर्वाधिक गोल गर्ने खेलाडीले गोल्डेन बुट जित्छन्। जसमा मेस्सीले २००९-१०, २०११-१२, २०१२-१३ का साथै लगातार तीन पटक २०१६-१७, २०१७-१८ र २०१८-२०१९ मा गोल्डेन बुट जितेका छन्। यसरी मेस्सीले ६ पटक जितेको गोल्डेन बुट पनि युरोपियन फुटबलमा सर्वाधिक हो। 

मेस्सीले ६ पटक नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड पनि जितेका छन्। उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा नै फिफा उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। 

ला लिगा सिजनमा सर्वाधिक गोल
प्रशिक्षक पेप गार्डिओलाको समयमा मेस्सीलाई अरु कुनै खेलाडीले भेट्छन् जस्तो देखिएको पनि थिएन। बिजुली गतिमा उनको खेलले उचाइ लिइरहेको थियो। 

जहाँ २०११-१२ मा जोस मोउरिन्होको प्रशिक्षणमा रहेको रियल मड्रिडसँग बार्सिलोनाले लिग उपाधि गुमाए पनि मेस्सीका लागि सम्झनलायक समय रह्यो। त्यो सिजन मेस्सीले ३७ खेलमा नै ५० गोलको आँकडा पूरा गरेका थिए। जुन आफैमा कीर्तिमान हो। 

च्याम्पियन्स लिगमा
बार्सिलोनाबाट लियोनल मेस्सीले चार पटक च्याम्पियन्स लिग उपाधि जितेका छन्। च्याम्पियन्स लिगको इतिहासमा समूह चरणका खेलहरुमा सर्वाधिक गोल गर्ने खेलाडी पनि लियोनल मेस्सी नै हुन्। उनले च्याम्पियन्स लिग समूह चरणमा ६८ गोल गरेका छन्। 

च्याम्पियन्स लिगको समूह चरणमा मात्रै होइन अन्तिम १६ को खेलमा पनि मेस्सीले २९ खेलमा २६ गोल गरेका छन्। जुन कीर्तिमानी गोल हो। 

यस्तै च्याम्पियन्स लिग ह्याट्रिकलाई हेर्दा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो दुवैको समान आठ ह्याट्रिक रहेको छ। च्याम्पियन्स लिगमा सर्वाधिक गोल हेर्दा मेस्सीको १ सय १४ गोल रहेको छ, जुन रोनाल्डोको भन्दा १५ गोल कम हो। 

उपाधिलाई हेर्दा
मेस्सीले बार्सिलोनाबाट विभिन्न ३४ उपाधि जितेका छन्। जुन क्लबमा एक खेलाडीले जितेको सर्वाधिक उपाधि हो। यसरी हेर्दा क्लबबाट जित्न मिल्ने सबैजसो उपाधि मेस्सीले जितेका छन्। 

३४ उपाधिलाई हेर्दा १० ला लिगा, ४ च्याम्पियन्स लिग, ६ कोपा डेल रे, ८ स्पेनिस सुपर कप, ३ फिफा क्लब विश्वकप, ३ युइएफए सुपर कप जितेका छन्। 

क्लबबाट राम्रो खेल्ने तर राष्ट्रका लागि उपाधि जित्न नसक्ने आलोचना व्यहोरिरहेका मेस्सीले अर्जेन्टिनाबाट २००५ मा यु २० विश्वकपका साथै २००८-०९ मा ओलम्पिक गोल्ड मेडल जिताएका छन्। २०१४ को विश्वकपमा गोल्डेन बल जितेका मेस्सीको खेललाई उपाधिसँग मात्र जोडेर हेर्दा उनीमाथि अन्याय हुनेछ।

यो पनि पढ्नुहोस्

डिएगो म्याराडोना : उचाइ, गहिराइ र स्थिरबिहीबार, चैत २०, २०७६

यो पनि पढ्नुहोस्

मोहम्मद सलाहबारे - जो आत्मविश्वासमा उठेसोमबार, असार १, २०७७

 

प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
स्ववियुमा अवसर गुमाएका अनोज कांग्रेसको केन्द्रीय सदस्य बन्ने दौडमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्