• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

डिएगो म्याराडोना : उचाइ, गहिराइ र स्थिर

64x64
ऋग्वेद शर्मा बिहीबार, चैत २०, २०७६  १५:१०
1140x725

काठमाडौं- जीवनमा आफूले पाएका र गुमाएका कुराको लेखाजोखा गर्दा सन्तुष्ट हुन सजिलो छैन। मध्यमा रहिरहन केही गर्ने चाह भएकालाई कठीन छ। कि त खुसीको उचाइ देखिन्छ, कि त बेखुसीको गहिराइ। उचाइ चुम्नेहरूलाई गहिराइको वास्तविकता जान्ने रहरले सताउँछ। गहिराइमा रहेकालाई अग्लो हुने चाहले पिरोल्छ। 

उचाइ र गहिराइको सीमा तय गर्ने र त्यसबाट स्वतन्त्र बन्न सक्ने कमै हुन्छन्। यस्तोमा एउटा नाम छ, जसले जीवनको छोटो अवधिमै उचाइको सीमा चुम्यो, र देख्यो भयानक गहिराइ पनि। ऊ अग्लिँदा मात्रै होइन गहिराइमै हुँदा पनि रमायो। त्यो ‘ग्यास च्याम्बर’ मा रहँदा र त्यसबाट निस्कँदा पनि विश्वले उच्चारण गरेको नाम हो, डिएगो म्याराडोना। 

डिएगो म्याराडोनालाई न कुनै परिचयको खाँचो छ न त कुनै उपमाको। आफैमा परिचय बनेको भव्य व्यक्तित्व र त्यसैमा समिटिएको स्वरुप। सम्झन चाहनेले स्नेहने सम्झिने अनि बिर्सन चाहने (सायद छैनन् कि) हरूले पनि भुलेर प्रेमले सम्झिने नाम हो, म्याराडोना। उनले विश्व फुटबलमा पाएको उचाइभन्दा अग्लो छ उनको सफलता। त्यति नै भयानक छ उनको दुःखद गहिराइ।

डिएगो अर्मान्डो म्याराडोना फ्रान्को 
५८ वर्षअघि (सन् १९६०, अक्टोबर ३०) अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनेस एयर्सको लानुसमा जन्मेको बालकको नाम हो ‘डिएगो अर्मान्डो म्याराडोना फ्रान्को’। तीन दिदीपछि जन्मिएका उनी र उनीपछि जन्मिए दुई भाइ ह्युगो र राउल। परिवारको आर्थिक अवस्था कमजोर थियो। यसले गर्दा उनको लालनपालन विभिन्न शहरमा भयो, किनकी उनका बुबाआमा अर्जेन्टिनाका विभिन्न ठाउँमा गए, सँगै म्याराडोना र उनका दिदी र भाइहरू पनि। 

आठ वर्षको उमेर, खेल्दै थिए स्थानीय क्लब इस्ट्रला रोजामा। प्रतिभाको खोजीमा स्काउट टिम आयो। उनले काया बालकको भए पनि कला बयस्कको देखाए। अर्जेन्टिनोसको जुनियर टिमका लागि ट्रायल दिँदा उनको खेल जादु देखियो।

बालक म्याराडोनालाई बाहिर ल्याएका उनको युवाकालका प्रशिक्षकले त्यसबेलाको सम्झना गर्दै भनेका थिए- ‘जब म्याराडोना अर्जेन्टिनोस जुनियर टिमका लागि ट्रायल दिन आएका थिए, म साँच्चिकै अचम्मित भएको थिएँ। पत्याउनै सकिनँ मैले जे देखेँ। त्यो कला देखाउने मात्रै ८ वर्षको बालक थियो। हो ऊ उमेरले बालक थियो तर उसको फुटबल कला परिपक्व। नपत्याएर हामीले उसको परिचय पत्र मागेका थियौँ तर उसले साथमा ल्याएको थिएन। उसले हामीलाई सम्पूर्ण रुपले आफूमा समेट्यो।’

Ncell 2
Ncell 2

‘बोका जुनियर’मा सपना
उनी अर्जेन्टिनोस जुनियरका लागि छानिए। १२ वर्षको उमेरमा उनले अर्जेन्टिनाको पहिलो डिभिजनको खेलको हाफ टाइममा बलमा आफ्नो कला प्रस्तुत गरे। 

म्याराडोनाले आफ्नो खेल जीवनमा व्यावसायिक करिअरको सुरूवात १६ औँ जन्मदिनको १० दिनअघि (२० अक्टोबर १९७६) अर्जेन्टिनोस जुनियरबाट गरे। १६ नम्बरको जर्सी लगाएर मैदान छिरेका म्याराडोनाले प्रिमियरा डिभिजनमा आफ्नो पहिलो गोल १४ नोभेम्बर १९७६ मा माप्र्लाटेनसी क्लबविरुद्ध गरे। 

पाँच वर्ष (सन् १९७६ देखि १९८१ सम्म) अर्जेन्टिनोस जुनियरमा बिताएका उनले १ सय ६७ खेलमा १ सय १५ गोल गरे। त्यसपछि उनी ‘बोका जुनियर’मा अनुबन्धित भए। अरु क्लबले राम्रो रकमसहितको अफर गरे पनि म्याराडोना आफ्नो सपना पूरा गर्नका लागि बोका जुनियरतर्फ लागेका थिए। उनमा ‘बोका जुनियर’ क्लबबाट खेल्ने सपना लामो समयदेखि बाँचेको थियो।  

म्याराडोनाले आफ्नो सपनाको क्लबबाट पहिलो खेलमै दुई गोल गरे। सबै भनेजस्तो जहिले हुँदैन, बोका जुनियरमा उनले राम्रो गरिरहेका थिए तर क्लबका प्रशिक्षक सिल्भिओ मार्जोलिनीसँग उनको सम्बन्ध सहज बन्न सकेन। त्यसो हुँदाहुँदै पनि बोकाले लिगको उपाधि जित्यो। उनले अर्जेन्टिनाको घरेलु लिगमा जितेको यो नै पहिलो र अन्तिम उपाधि बन्यो। म्याराडोना नामले त्यसैबेला नै देखिने आकार लियो।

त्यसपछि लागे बार्सिलोना 
सन् १९८२ को जुनमा म्याराडोना त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ७६ लाख अमेरिकी डलरमा स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भए। सन् १९८३ मा उनले बार्सिलोनाबाट प्रशिक्षक सेसर लुइस मेनोट्टीको अण्डरमा रियल मड्रिडलाई हराएर कोपा डेल रे तथा एथ्लेटिको बिल्बाओलाई हराएर स्पेनिस सुपर कपको उपाधि जिते। 

सन् १९८३ को जुन ३० मा उनले विश्व फुटबलमा सबैभन्दा भव्य क्लब प्रतिस्पर्धा एल क्लासिकोमा गोल गरे। उनी रियल मड्रिडका समर्थकले पनि सम्मान गर्ने पहिलो बार्सिलोनाका खेलाडी बने। 

यसका बाबजुद चोट, बिमारी र मैदान बाहिरको व्यवहारका कारण बार्सिलोनामा म्याराडोनाको समय निकै कठीन रह्यो। यहिँ उनले कोकिनसँगको संगत सुरू गरे। त्यसलाई बानी नै बनाए। फुटबलको लतसँगै कुलतको लतमा परे म्यारोडोना। बार्सिलोनाका निर्देशकसँगको लामो विवादपछि उनले बार्सिलोनासँगको यात्रा टुंग्याए। रोजे इटालियन सिरी ए क्लब नापोली।

नापोलीमा भव्य स्वागत 
बार्सिलोनामा कीर्तिमानी मूल्यमा आएका म्याराडोना नापोलीमा पनि अर्को कीर्तिमानी मूल्यमा अनुबन्धित भए। बार्सिलोनाबाट उनी ६९ लाख पाउण्डमा नापोलीमा अनुबन्धित भए। सन् १९८४ को जुलाई ५ मा नापोलीले उनलाई आफ्नो खेलाडीका रुपमा भव्य स्वागत गर्यो। उनको स्वागतमा ७५ हजार समर्थक रंगशालमा जम्मा भएका थिए। 

नापोलीमा उनले आफ्नो खेल जीवनको उचाइ समाते। उनी क्लब र समर्थकको मनमा बस्न सफल खेलाडी बने। पाँच वर्षको नापोलीसँगको यात्रामा उनले दुई पटक ‘सिरी ए’ को उपाधि जिते भने दुई पटक उपविजेता बने। यस्तै एकपटक युईएफए कप र एक पटक कोपा इटालियाको उपाधि पनि उचाले।

म्याराडोना र विश्वकप 
म्याराडोना र विश्वकपको कुरा गर्दा सम्झनामा आउँछ उनले सन् १९८६ को विश्वकपमा हातले गरेको गोल। क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध उनले हातले गरेको गोल विश्व फुटबलको एक अनौठो गोल मानिन्छ। जुन गोल पछि ‘ह्याण्ड अफ गड’का रुपमा परिचित भयो। यहि वर्ष म्याराडोनाले विश्वकपको उपाधि उचाले। 

चार वर्षअघि विश्वकपमा डेब्यु गरेका उनले गोल्डेन बुटसँगै उपाधि जिते। तर चार वर्ष पछिको विश्वकपमा उनले त्यसअघिको जस्तो उचाइ लिन सकेनन्। यो पटक पनि उनकै कप्तानीमा थियो अर्जेन्टिना। तर चोटका कारण म्याराडोनाले लय समात्न सकेनन्। 

सन् १९९४ को विश्वकप भने उनका लागि बिर्सन लायक बन्यो। लागुऔषध जाँचमा असफल भएका कारण उनी बिचबाटै घर फर्किन बाध्य भए। 

१६ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका उनले ९१ खेलमा ३४ गोल गरे।

म्यारोडोना र कोकिन 
बार्सिलोनामा हुँदा सुरू भएको म्याराडोनाको कोकिनसँगको प्रेमले नापोलीमा लतको रुप लियो। मैदानमा बलसँग रमाउने उनी त्यसबाहिर कोकिनमा झुम्न थाले। 

बल, गोल र उपाधिले घेरिएका म्याराडोनासँगै मिडियामा विभिन्न विवाद र कोकिनका कुरा पनि छाउन थाले। यसले उनलाई फुटबलबाट १५ महिनासम्म प्रतिबन्धको अँध्यारोमा धकेल्यो। सन् १९९१ मा कोकिनको परीक्षणमा सफल हुन नसकेपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लागेको थियो। नापोलीमा उनको यात्रा यहि कोकिनका कारण टुंगियो।

म्याराडोनाले फेरि आफ्नो उचाइ लिने प्रयास गरे। १५ महिनाको प्रतिबन्धपछि उनी सेभियामा गए। त्यसपछि न्युवेल्स ब्वाइज। दुवै क्लबमा राम्रो प्रदर्शन गरे र सन् १९९४ को विश्वकपका लागि पनि अर्जेन्टिनाको टिममा परे। 

ग्रिससँगको खेलमा सुन्दर गोल गरे। त्यसको सेलिब्रेसन झनै स्मरणीय थियो। तर विवाद उनीबाट टाढा थिएन। लागुऔषध परीक्षण असफल भएपछि उनी घर फर्किन बाध्य भए। उनी नापोलीमा रहँदा कोकिनकै कारण प्रशिक्षण र खेलमा पछि उपस्थित हुन सकेनन्। त्यसका लागि उनले जरिवाना पनि तिर्नु परेको थियो। 

१५ महिना लामो प्रतिबन्धभन्दा पनि विश्वकपको बीचबाटै घर फर्किन बाध्य हुनु म्याराडोनाका लागि जीवनमा भोगेको गहिराइ बन्यो। उनमा कोकिनको मात्रै होइन रक्सीको लत पनि बसेको थियो। यसले गर्दा उनले सार्वजनिक रुपमा गर्ने व्यवहारले थप एक्ल्याउँदै लग्यो। 

सन् १९९८ मा त्यसको चार वर्षअघि पत्रकारलाई बन्दुक हानेको आरोपमा उनलाई जेल सजाय पनि भयो। कोकिन र रक्सीको लतका कारण उनको शरीरमा विभिन्न समस्या आए। उनी निकै मोटो भए। सन् २००४ मा उनमा हृदयघात भयो।

कुलतको अन्त्य
गम्भीर प्रकृतिको हृदयघातले म्याराडोना कोमामा गए। उनको जीवनमा फुटबल थियो। गोल थियो। उपाधि पनि थिए, जसले उनलाई कदभन्दा कयौँ गुणा अग्लो बनायो। तर होच्याउन त्योभन्दा पनि कमजोर बनाउन लागि परेका थिए उनको कुलत। 

पैसा, रक्सी, महिला र कोकिन उनका कमजोरी बनेका थिए। यो गल्तिबाट बाहिर आउन उनलाई होशमा रहेका बेला बल आएन। तर जब उनी कोमामा गए त्यसबेला उनकी छोरीले गरेको आग्रहले उनलाई गहिराइबाट बाहिर निस्कन सहयोग गर्यो। हस्पिटलमै रहेका बेला छोरीले आफ्ना लागि भए पनि यो कुलत छोड्न आग्रह गरिन्। मधुरो सुनिएको यो आग्रहले उनलाई बाँध्यो, झण्डै २० वर्ष अघिदेखिको कुलत उनले छोड्ने निर्णय गरे। 

उनले कोकिन लिन सुरू गर्दा २४ वर्षका थिए, जुनबेला उनी बार्सिलोनाबाट खेल्थे। पहिले त्यसमै रमाएका म्याराडोनाले कोकिन आफ्नो जीवनको सबै भन्दा ठूलो गल्ती रहेको स्वीकार गरेका छन्। छोरीको आग्रहले आफूलाई उठाएको बताउने म्याराडोनाले जीवनको अर्को अध्यायको सुरूवात गरे।

खेलाडीबाट प्रशिक्षक
म्याराडोनाले खेलाडी हुँदा नै प्रशिक्षक बन्ने प्रयास नगरेका होइनन्। सन् १९९१ मा १५ महिनाको प्रतिबन्धमा रहेका बेला डिपोर्टिभो म्यानडियु तथा रेसिङ क्लबमा उनले प्रशिक्षक बन्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्। 

त्यसपछि सन् १९९४ र १९९५ मा पनि साथीसँग मिलेर उनले केही क्लबको जिम्मेवारी सम्हाले। तर उनले प्रशिक्षकका रुपमा पूर्ण जिम्मेवारी सन् २००८ मा पाए, जुनबेला उनले कोकिनको कुलत छोडेको चार वर्ष भइसकेको थियो। २९ अक्टोबर २००८ मा उनी अर्जेन्टिनाको प्रशिक्षकमा नियुक्त भए। 

प्रशिक्षकका रुपमा पहिलो खेलमा उनी विजयी भए। स्कटल्याण्डसँगको खेलमा त्यहि वर्षको नोभेम्बर १९ मा अर्जेन्टिना १-० ले विजयी भएको थियो। सुरूका तीन खेल जितेको अर्जेन्टिना चौथो खेलमा बोलिभियासँग ६-१ ले हारेको थियो। तर पछिका खेलमा राम्रो गरेर टिमले विश्वकपमा स्थान बनायो। 

प्रशिक्षक हुँदा पनि उनले अभद्र भाषा प्रयोग गर्न भने छोडेनन्। त्यहि कारण उनले सन् २००९ को अन्त्यमा दुई महिनाको प्रतिबन्ध पनि खेप्नु परेको थियो। तर पनि उनले टिमलाई विश्वकपको यात्रा तय गराए। 

विश्वकपमा क्वाटरफाइनलमा जर्मनीसँग पराजित भएर उनको टिम बाहिरियो। त्यसपछि उनको राष्ट्रिय टिमको जिम्मेवारी पनि लामो समय रहन सकेन। सन् २०११ मा उनी दुबईको क्लब अल वास्ल एफसीको प्रशिक्षक बने। एक वर्षपछि उनी बर्खास्तीमा परे। केही वर्ष खाली रहेका उनी दुबईकै फुजाइराह क्लबको प्रशिक्षक हुँदै मेक्सिकन क्लब डोराडस डे सिनालोआमा प्रशिक्षक बने। २०१९ देखि पनि उनी अर्जेन्टिनाकै गिम्नासियामा प्रशिक्षक छन्।

उकालो, ओरालो, स्थिर
जीवनका सफलताको उकालो र कुलतको आरोलो ओर्लेका म्याराडोनाको यात्रा अहिले स्थिर बनेको छ। कुनै बेला प्रशंसाले घेरिएका अनि आलोचनाले बाँधिएका उनी अहिले स्वतन्त्र छन्। साँचो अर्थमा जीवन बाँचेका छन्। 

कुनै बेला आफै फसेको कुलतविरुद्ध उनी अहिले वकालत गर्छन्। सजिलो अप्ठ्यारो भोगेका म्याराडोनाले अहिले साँच्चिकै फुटबल बाँचेका छन्। किनकी विश्व फुटबलका सर्वकालीन उत्कृष्ट खेलाडीको नाम लिँदा उनको नाउ ब्राजिलका पेलेसँगै आउने गर्छ। यसको प्रमाण विश्व फुटबलको प्रशासकीय निकाय फिफाले पेले र म्याराडोनालाई संयुक्त रुपमा बिसौँ शताब्दीको उत्कृष्ट खेलाडीका रुपमा नामांकित गर्नु पनि हो। 

कुलतलाई जितेका म्याराडोनाले बेला बेलामा भन्ने गरेका छन्- ‘लागुऔषधले बाँच्न दिँदैन, बाँचेर पनि मरे जस्तो बनाइ दिन्छ। मात्रै दिन्छ जिउँदो भएजस्तो भ्रम, मात्रै भ्रम। दिँदैन जीवन।’ 

म्याराडोनाको यिनै जीवन कहानीमा आधारीत रहेर बेलायतका निर्देशक आसिफ कपाडियाले डकुमेन्ट्री फिल्म पनि बनाइसकेका छन्। २०१९ को जुनमा रिलिज भएको फिल्म अहिले कोरोना भाइरस (कोभिड १९) का कारण भइरहेको लकडाउनको समयमा युरोपियन फुटबल समर्थकमाझ निकै चलिरहेको छ। 

(एफसी बार्सिलोना, गोल, फिफा, गार्जियन र फुटबल टाइम्समा आधारित रहेर लेखिएको म्याराडोनाबारेको यो लेखमा प्रयोग भएका तस्बिरहरु फुटबल इन्साइक्लोपेडियाबाट लिइएका हुन्।)

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
मधेश सरकारबाट लोसपाले पनि लियो समर्थन फिर्ता सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ आइतबार, असोज २६, २०८२
बन्धक रिहाइको प्रक्रिया सुरु भयो सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्