एजेन्सी–भारतका चर्चित शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ। ९० वर्षीय उनको अमेरिकाको न्युजर्सीस्थित घरमा हृदयाघातबाट निधन भएको हो। उनी भारतको पद्मविभुषणबाट सम्मानित थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जसराजको निधनप्रति शोक व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘जसराजको निधनले भारतीय शास्त्रीय संगीतलाई अपूरणीय क्षति भएको छ, उनको संगीत आफैंमा उत्कृष्ट थियो, कैयौं गायकका लागि असाधारण गुरुका रुपमा थिए, उनका प्रशंसक र परिवारप्रति मेरो समवेदना।’
राष्ट्रपति रामनाथ कोविन्दले पनि ट्वीट गर्दै पण्डित जसराजको निधनप्रति शोक व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।