• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यदल बन्दा पनि किन सशंकित छन् नेपाल ?  

64x64
वीरेन्द्र ओली आइतबार, साउन ३२, २०७७  ०६:४०
1140x725

काठमाडौं-‘कार्यदल बनेको छ, हिजाे कार्यदलका सदस्यले सामान्य छलफल गरे। तर विवाद समाधानको रोडम्याप कसरी अगाडि बढ्छ भन्ने कुरा हाम्रा लागि तिखर चासो हो,’ नेकपाभित्र नेता माधव नेपालपक्षीय एक नेताले भने, ‘नढाँटी भन्ने हो भने, यो प्रक्रियाले दलभित्रका सबै समस्या समाधान गर्ला भन्ने हामी शंकामै छौं।’ 

उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या समाधानका नाउँमा नेतृत्वका कमजोरी र गल्तीहरूलाई भुलेर नयाँ र बलियो गुट बनाउने अभ्यासमा लागे त्यो प्रत्युत्पादक हुनेसमेत चेतावनी दिए। भने, ‘यस्तो परिदृश्य देखियो भने त्यो हामीलाई मान्य हुने छैन। हाम्रो ध्येय स्पष्ट छ।’

दलभित्रका विवादहरूलाई निरुपणतिर लैजान अध्यक्षद्वयको सल्लाहमा गठन गरेको विवाद समाधान कार्यदलले शनिबारदेखि आफ्नो काम थाल्दा पनि वरिष्ठ नेता नेपाल समूह भने आगामी दिनहरूबारे ढुक्क हुन सकिरहेको छैन। अध्यक्ष ओली-प्रचण्ड मिलेर आफूलाई कतै पाखा लगाएको त होइन भन्ने संशय यो समूहभित्र शंकाको बादल बनेर मडारिएको छ। 

यसअघि वैशाख २० गतेको नेकपा विवादको सेरोफेरोमा अध्यक्ष ओली र प्रचण्ड एक ठाउँमा उभिँदा पनि नेपालपक्षीय खेमा नराम्रोसँग चिढिएको थियो। त्यतिबेला नेता नेपालले मुखै खोलेका थिए, ‘दुई अध्यक्षले चोचोमोचो मिलाएरमात्रै हुँदैन। पार्टी र सरकार विधिसम्मत रुपमा चल्नुपर्छ।’ 

त्यसको दुई महिना बित्न नपाउँदै फेरि ओलीप्रतिको असन्तुष्टिलाई लिएर असार १६ गते नेकपामा विवादले प्रवेश पायो। प्रचण्ड र नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागे। दुवै समूह ओलीको राजीनामा नै अन्तिम बटमलाइन भन्दै एक ढिक्का भए। तर अध्यक्ष तथा प्रधानमन्त्री ओली उनीहरुको अडानमा टसमस भएनन्। उल्टै उनले प्रचण्ड–नेपाल समूहलाई आफूले दुवै पदबाट राजीनामा नदिने चेतावनी दिए। यतिसम्म कि, विरोधी खेमाका नेताहरुसँगको भेटमा ओलीले ‘तपाईंहरु बहुमतमा हुनुहुन्छ, सकेको गर्नुस्’ सम्म भने। 

Ncell 2
Ncell 2

विवादकै बीच दुई अध्यक्ष मिल्ने गरी स्थायी कमिटी बैठक स्थगित गरी साउन ३ गतेको सचिवालय बैठकम सकिएलगत्तै अध्यक्ष प्रचण्ड शीतल निवास पुगे। त्यहाँ ओली-प्रचण्डबीच फेरि सम्झौता गरेर अघि बढ्न थालेको सन्देश प्रवाह भएलगत्तै नेपाल समूह सशंकित भयो। त्यो दिन प्रचण्डलाई ओलीसँगै मिलेर अघि बढ्न भन्दै दबाबमा राखेर सम्झौता गर्ने तयारी गरिएको थियो। तर, प्रचण्ड त्यस दिन कुनै सम्झौता नगरी आफ्नो निवास खुमलटार फर्किएका थिए। अर्को दिन बिहान प्रचण्डले आफ्नै निवास खुमलटार नेपाल पक्षीयका नेताहरूलाई विश्वासमा लिन भेला आयोजना गरे। ओलीसँग मिलिभगतको आशंका मेटाउन प्रचण्डले यस्तो गर्नुपरेको थियो।

शुक्रबार फेरि ओली-प्रचण्डले विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाएका छन्। पार्टी विवाद समाधान गर्न बनाएको कार्यदलबाट खुला हृदयका साथ नेपाल समूहले स्वागत गरेको छैन। समानान्तर रूपमा यसलाई आंशका र विश्वासका साथ हेरेको छ। कार्यदलमा ओली समूहबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्ड समूहबाट जनार्दन शर्मा र पम्फा भुसाल, नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावललाई राखिएको छ। ओली, प्रचण्ड र नेपालका तीनै समूहबाट दुई/दुई जना हुने गरी कार्यदलमा राखिएको हो।

विवाद समाधान गर्ने गरी कार्यदलले भर्खरै काम गर्न थालेकाले तत्काल आलोचना नगर्ने नेपालपक्षीय स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘कार्यदलमा कसरी छलफलले प्रवेश पाउँछ? त्यसमा विवाद समाधान हुनेगरी कसरी छलफल हुन्छ? त्यसका आधारमा धेरै विषय प्रष्ट हुन्छ,’ भुसालले भने, ‘उहाँहरु (कार्यदल)ले कसरी काम गर्न त्यसका आधारमा मात्रै आफ्नो धारणा बनाउन सकिन्छ। नभए अहिले नै ठिक-बेठिक भनेर बोल्दा हतारो हुन्छ।’

पार्टीलाई विधान र विधिसम्मत तरिकाले चल्ने गरी कार्यदलले खाका ल्याए मात्रै मानिने भुसालले बताए। ‘अहिले पार्टीमा एउटा व्यक्तिलाई फालेर अर्को व्यक्ति राख्ने सघर्ष होइन,’ भुसालले भने, ‘पार्टीलाई विधान बमोजिम विधिपद्धतिमा चलाउने मुख्य विषय हो।’

माधव नेपालपक्षीय अर्का स्थायी कमिटी सदस्यले भने दुई अध्यक्ष मिलेर अघि बढ्नलाई कार्यदल बनाइएको हुनसक्ने बताए। ‘अध्यक्ष ओली र प्रचण्डबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा भित्री सहमति भइसकेको गन्ध पाएका छौं,’ ती नेताले भने, ‘बाहिर विवाद समाधान गर्ने कार्यदल बनाउने नाटक गरेर अरुलाई छारो हाल्ने काम हुँदैछ।’ 

वरिष्ठ नेता नेपालले भने आफूपक्षीय प्रभावशाली नेताहरूलाई कार्यदल बने पनि चनाखो हुन र दलभित्र आफूले उठाउँदै आएका मुद्दाहरूको मर्म आत्मसात गर्न भनिरहेका छन्। ओली र प्रचण्ड एक ठाउँमा आइपुगे पनि आफूले दल र सरकारको नेतृत्वका कमजोरीहरू सच्याउन यथाशक्य यत्न गरिरहने सोच नेता नेपालको छ। 

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै त्यस्तै सहमहामन्त्रीहरूमा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ता कुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डिला... बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिन नमिल्ने बताउँदै उनले स्वतन्त्र पार्टीलेसमेत यस निर्णयको विरोध गर्न सक्नुपर्ने विचार व्... बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा नेताहरूका अनुसार, अब यो टोली आफ्नो आधिकारिकता खोज्दै निर्वाचन आयोग जाँदैछ । सभापति चुनिएलगत्तै गगनले भनेका छन्, ‘आयोग कसैको प्रभावमा... बिहीबार, माघ १, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहीबार, माघ १, २०८२
सुनको मूल्य तोलामा १५०० रुपैयाँ घट्यो बिहीबार, माघ १, २०८२
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : महासचिव पोखरेल बिहीबार, माघ १, २०८२
नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकाले रोक्यो आप्रवासी भिसा बिहीबार, माघ १, २०८२
मार्बल बोकेको ट्रक पल्टिदा पाँच कामदारको मृत्यु, दुई घाइते बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
गगन–विश्वप्रकाश सहितलाई कांग्रेसबाट निष्काशन बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्