• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यदल बन्दा पनि किन सशंकित छन् नेपाल ?  

64x64
वीरेन्द्र ओली आइतबार, साउन ३२, २०७७  ०६:४०
1140x725

काठमाडौं-‘कार्यदल बनेको छ, हिजाे कार्यदलका सदस्यले सामान्य छलफल गरे। तर विवाद समाधानको रोडम्याप कसरी अगाडि बढ्छ भन्ने कुरा हाम्रा लागि तिखर चासो हो,’ नेकपाभित्र नेता माधव नेपालपक्षीय एक नेताले भने, ‘नढाँटी भन्ने हो भने, यो प्रक्रियाले दलभित्रका सबै समस्या समाधान गर्ला भन्ने हामी शंकामै छौं।’ 

उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या समाधानका नाउँमा नेतृत्वका कमजोरी र गल्तीहरूलाई भुलेर नयाँ र बलियो गुट बनाउने अभ्यासमा लागे त्यो प्रत्युत्पादक हुनेसमेत चेतावनी दिए। भने, ‘यस्तो परिदृश्य देखियो भने त्यो हामीलाई मान्य हुने छैन। हाम्रो ध्येय स्पष्ट छ।’

दलभित्रका विवादहरूलाई निरुपणतिर लैजान अध्यक्षद्वयको सल्लाहमा गठन गरेको विवाद समाधान कार्यदलले शनिबारदेखि आफ्नो काम थाल्दा पनि वरिष्ठ नेता नेपाल समूह भने आगामी दिनहरूबारे ढुक्क हुन सकिरहेको छैन। अध्यक्ष ओली-प्रचण्ड मिलेर आफूलाई कतै पाखा लगाएको त होइन भन्ने संशय यो समूहभित्र शंकाको बादल बनेर मडारिएको छ। 

यसअघि वैशाख २० गतेको नेकपा विवादको सेरोफेरोमा अध्यक्ष ओली र प्रचण्ड एक ठाउँमा उभिँदा पनि नेपालपक्षीय खेमा नराम्रोसँग चिढिएको थियो। त्यतिबेला नेता नेपालले मुखै खोलेका थिए, ‘दुई अध्यक्षले चोचोमोचो मिलाएरमात्रै हुँदैन। पार्टी र सरकार विधिसम्मत रुपमा चल्नुपर्छ।’ 

त्यसको दुई महिना बित्न नपाउँदै फेरि ओलीप्रतिको असन्तुष्टिलाई लिएर असार १६ गते नेकपामा विवादले प्रवेश पायो। प्रचण्ड र नेपाल समूहले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागे। दुवै समूह ओलीको राजीनामा नै अन्तिम बटमलाइन भन्दै एक ढिक्का भए। तर अध्यक्ष तथा प्रधानमन्त्री ओली उनीहरुको अडानमा टसमस भएनन्। उल्टै उनले प्रचण्ड–नेपाल समूहलाई आफूले दुवै पदबाट राजीनामा नदिने चेतावनी दिए। यतिसम्म कि, विरोधी खेमाका नेताहरुसँगको भेटमा ओलीले ‘तपाईंहरु बहुमतमा हुनुहुन्छ, सकेको गर्नुस्’ सम्म भने। 

Ncell 2
Ncell 2
nimb
nimb

विवादकै बीच दुई अध्यक्ष मिल्ने गरी स्थायी कमिटी बैठक स्थगित गरी साउन ३ गतेको सचिवालय बैठकम सकिएलगत्तै अध्यक्ष प्रचण्ड शीतल निवास पुगे। त्यहाँ ओली-प्रचण्डबीच फेरि सम्झौता गरेर अघि बढ्न थालेको सन्देश प्रवाह भएलगत्तै नेपाल समूह सशंकित भयो। त्यो दिन प्रचण्डलाई ओलीसँगै मिलेर अघि बढ्न भन्दै दबाबमा राखेर सम्झौता गर्ने तयारी गरिएको थियो। तर, प्रचण्ड त्यस दिन कुनै सम्झौता नगरी आफ्नो निवास खुमलटार फर्किएका थिए। अर्को दिन बिहान प्रचण्डले आफ्नै निवास खुमलटार नेपाल पक्षीयका नेताहरूलाई विश्वासमा लिन भेला आयोजना गरे। ओलीसँग मिलिभगतको आशंका मेटाउन प्रचण्डले यस्तो गर्नुपरेको थियो।

शुक्रबार फेरि ओली-प्रचण्डले विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल बनाएका छन्। पार्टी विवाद समाधान गर्न बनाएको कार्यदलबाट खुला हृदयका साथ नेपाल समूहले स्वागत गरेको छैन। समानान्तर रूपमा यसलाई आंशका र विश्वासका साथ हेरेको छ। कार्यदलमा ओली समूहबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल, प्रचण्ड समूहबाट जनार्दन शर्मा र पम्फा भुसाल, नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावललाई राखिएको छ। ओली, प्रचण्ड र नेपालका तीनै समूहबाट दुई/दुई जना हुने गरी कार्यदलमा राखिएको हो।

विवाद समाधान गर्ने गरी कार्यदलले भर्खरै काम गर्न थालेकाले तत्काल आलोचना नगर्ने नेपालपक्षीय स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘कार्यदलमा कसरी छलफलले प्रवेश पाउँछ? त्यसमा विवाद समाधान हुनेगरी कसरी छलफल हुन्छ? त्यसका आधारमा धेरै विषय प्रष्ट हुन्छ,’ भुसालले भने, ‘उहाँहरु (कार्यदल)ले कसरी काम गर्न त्यसका आधारमा मात्रै आफ्नो धारणा बनाउन सकिन्छ। नभए अहिले नै ठिक-बेठिक भनेर बोल्दा हतारो हुन्छ।’

Xtrem
Xtrem

पार्टीलाई विधान र विधिसम्मत तरिकाले चल्ने गरी कार्यदलले खाका ल्याए मात्रै मानिने भुसालले बताए। ‘अहिले पार्टीमा एउटा व्यक्तिलाई फालेर अर्को व्यक्ति राख्ने सघर्ष होइन,’ भुसालले भने, ‘पार्टीलाई विधान बमोजिम विधिपद्धतिमा चलाउने मुख्य विषय हो।’

माधव नेपालपक्षीय अर्का स्थायी कमिटी सदस्यले भने दुई अध्यक्ष मिलेर अघि बढ्नलाई कार्यदल बनाइएको हुनसक्ने बताए। ‘अध्यक्ष ओली र प्रचण्डबीच कसरी अगाडि बढ्ने भन्ने विषयमा भित्री सहमति भइसकेको गन्ध पाएका छौं,’ ती नेताले भने, ‘बाहिर विवाद समाधान गर्ने कार्यदल बनाउने नाटक गरेर अरुलाई छारो हाल्ने काम हुँदैछ।’ 

वरिष्ठ नेता नेपालले भने आफूपक्षीय प्रभावशाली नेताहरूलाई कार्यदल बने पनि चनाखो हुन र दलभित्र आफूले उठाउँदै आएका मुद्दाहरूको मर्म आत्मसात गर्न भनिरहेका छन्। ओली र प्रचण्ड एक ठाउँमा आइपुगे पनि आफूले दल र सरकारको नेतृत्वका कमजोरीहरू सच्याउन यथाशक्य यत्न गरिरहने सोच नेता नेपालको छ। 

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो। शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बागमती प्रदेशका ज्येष्ठ मतदाता ६७ वर्षीय राजेन्द्र बुर्लाकोटीले ३८ मिनेट लगाएर मतदान गरेका छन्। शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान सुरु भएको छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्