एजेन्सी–अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनाल्ड ट्रम्प अयोग्य नेता भएको र देशलाई जर्जर अवस्थामा पुर्याएको बताएकी छन्।
पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार चयन भएलगत्तै गृहराज्य डेलबेयरमा आयोजित प्रचार अभियानमा उनले ट्रम्पको आलोचना गरेकी हुन्। डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडन र उनले संयुक्त रुपमा प्रचारअभियान सुरु गरेका हुन्।
त्यस अवसरमा ह्यारिसले ट्रम्पलाई आफूलाई चुनेर पठाएका जनताको भन्दा आफ्नै चिन्ता रहेको बताइन्। ‘हामीलाई अर्थव्यवस्था, स्वास्थ्य, बालबालिकालगायतको चिन्ता छ, तर ट्रम्पका कारण यी सबै चिज संकटमा छन्,’ उनले भनिन्।
जो बाइडनले पनि ट्रम्प इतिहासमै सबैभन्दा बढी आलोचित भएको बताए। उनले कोरोना महामारी, जलवायु परिवर्तन, बेरोजगारी मुद्दामा ट्रम्प विभाजनकारी र नश्लीय भएको भन्दै आलोचना पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।