काठमाडाैं- अहिले बजारमा चर्चित रहेको ‘के माया लाग्छ र’ गीतका गायक निशान भट्टराईले काभ्रेपलाञ्चोक जिल्ला अदालतमा लगनगाँठो कसेका छन्।
नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक भट्टराइले कानुनी विवाह गरेका हुन्। गायक भट्टराई र ऋचा न्यौपानेले धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन्।
कानुनी विवाह पश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका जिल्ला अदालतका रजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले बताए। पछिल्लो समय गायक भट्टराई सांगितीक क्षेत्रमा स्थापित हुँदै गएका छन्।

उनको स्वर रहेको ‘के माया लाग्छ र’ बोलको गीत अहिले चर्चामा छ। निशान र ऋचा २ वर्षदेखि प्रेम सम्बन्धमा थिए। निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।