काठमाडौं-सुनको मूल्य लगातार घटिरहेको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ६२ सय रुपैयाँले घटेको छ। आइतबारबाट घट्न थालेको सुन लगातार चौथो दिन पनि घटेको हो।
आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय, मंगलबार ८ सय र बुधबार ६२ सय रुपैयाँले घटेको हो।
बुधबारका लागि सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ थियाे। यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी चाँदीको मूल्य पनि एकै दिन २ सय २५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य बुधबारका लागि १२ सय १० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबारका लागि प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।