काठमाडौं-नेपाल बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको तीन करोड ४६ लाख कोरोना कोषमा जम्मा गरेको छ। बैंकले मंगलबार उक्त रकम अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको हो।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गत आर्थिक वर्षमा सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च नभएको रकम अनिवार्य रुपमा कोरोना कोषमा जम्मा गर्नु पर्ने व्यवस्था गरिएको थियो। यही व्यवस्था कार्यान्वय गर्ने क्रममा बैंकले उक्त रकम जम्मा गरेको हो।
बैंकहरुले गत चैतमा नै सामाजिक उत्तरदायित्वअन्तर्गतको पैसा कोरोना कोषमा जम्मा गरेका थिए। त्यतिबेला दिएको पैसाबाट बाँकी रहेको रकम पनि सरकारले तानेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।