एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले राष्ट्रपति चुनाव जिते चीनले अमेरिकालाई आफ्नो पक्षमा पार्ने टिप्पणी गरेका छन्।
स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले उक्त टिप्पणी गरेका हुन्। उनले भने, ‘यदि मैले चुनाव जितिनँ भने चीनले अमेरिकालाई लिनेछ, अमेरिकीहरुले चिनियाँ भाषा सिक्नुपर्नेछ।’
उनले चीन कोरोना भाइरस फैलनबाट रोक्न चीन असफल भएको र सुरुमै रोगबारे जानकारी नदिएको आरोप पनि लगाए। उनले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग एक ताका घनिष्ट सम्बन्ध भए पनि अहिले आएर बिग्रिएको बताए।
राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा राष्ट्रपतिका उम्मेदवारहरु जो बाइडन र डोनाल्ड ट्रम्पबीच एक अर्कालाई आरोप लगाउने क्रम बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।