काठमाडौं– २०० सय जनाभन्दा बढी सक्रिय काेराेना संक्रमित भएका जिल्लामा कार्यालयले अधिकतम रुपमा विद्युतीय माध्यमबाट दैनिक कार्य गर्न सरकारले निर्देशन दिएको छ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले जनसम्पर्क बढी हुने कार्यालयमा ५० प्रतिशत कर्मचारी खटाउनुपर्ने बताए। बैंक, सहकारी तथा जनसम्पर्क बढी हुने स्थानमा कर्मचारी ५० प्रतिशत मात्रै खटाउने सरकारको निर्णयमा उल्लेख छ।
अत्यावश्यक बाहेकका जमघट, भेला र बैठकमा रोक लगाइएको छ। धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक पूजाआजामा पनि रोक लगाइएको छ। चाडवाड घरपरिवारका सदस्यले घरभित्रै मात्र मनाउन सरकारले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।