काठमाडौं-सुनको मूल्य लगातर घटिरहेकाे छ। आइतबारबाट घटन थालेको सुन लगातार ३ दिन घटेको हो। ३ दिनमै सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटको छ।
आइतबार ९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार २ सय र मंगलबार ८ सय रुपैयाँले घटेको हो।
सनुको मूल्य मंगलबारका लागि प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ थियो भने आइतबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनकाे मूल्य मंगलबारसम्म आइपुग्दा १ लाख १ हजार ६ सय रुपैयाँमा झरेको हो।
यसैगरी, चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ४० रूपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबारका लागि प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।